सुर्खेत । सुर्खेतबाट कालिकोट जाँदै गरेको फोर्स गाडी कर्णाली नदीमा खसेको छ। बिहीबार बिहान साढे ११ बजेतिर फोर्स गाडी नदीमा खसेको हो।
जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक पुष्पराज रोकायाले गाडी कर्णाली नदीमा खसेको बताए ।
‘सुर्खेतबाट कालीकोटका लागि छुटेको कर्णाली प्रदेश ०२००१ ख १०५५ नम्बरको गाडी कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ सांगेतडा नजिकबाट कर्णालीमा खसेको छ,’ उनले भने।
गाडी दुर्घटनामा परेको खबर ११ः४५ बजेको समयमा जिल्ला प्रहरी कार्यालय दैलेखलाई जानकारी प्राप्त भएको उनले बताए। प्रहरीका अनुसार सडकबाट करिब ५०० मिटर तल गाडी खसेको र सडकबाट हेर्दा गाडी नदेखिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखबाट डिएसपी ठाकुरप्रसाद पोखरेलको नेतृत्वमा १५ जना प्रहरी टोली घटनास्थल तर्फ लागेको छ।
तपाइको प्रतिक्रिया
(Visited 37 times, 1 visits today)
सम्बन्धित समाचार
हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प
जुम्लामा चिकित्सकमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ
कालीकोट पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
जुम्लामा तीन हजार ६७१ मेट्रिकटन सिमी उत्पादन
कालिकोटका सबै स्थानीय तहले ल्याए बजेट






