काठमाडौं । अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा पुगेको छ ।
अमेरिकाको लस एन्जल स्टेडियममा आज भएको खेलमा अस्ट्रियालाई ३–० गोलअन्तरले पराजित गर्दै विश्वकपको अन्तिम १६ मा स्थान बनाएको हो ।
स्पेनले १६ वर्षपछि विश्वकपको नकआउट चरणमा पहिलो जित हासिल गरेको हो । सन् २०१० को विश्वकप जिते यता स्पेनले विश्वकपको नकआउट चरणमा जित हासिल गर्न सकेको थिएन ।
स्पेनले खेलको ३६औँ मिनेट मार्क कुकुरेलाको पासमा मिकेल ओयार्जाबालले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाए । खेलको ६६औँ मिनेटमा अलेक्स बाएनाको क्रसमा पेड्रो पोरोले हेडमार्फत गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए ।
त्यसपछि खेलको ८९औँ मिनेटमा कुकुरेलाकै अर्को उत्कृष्ट पासमा ओयार्जाबालले व्यक्तिगत दोस्रो गोल गरेपछि स्पेनले ३–० को सहज जित निकाल्यो ।
तपाइको प्रतिक्रिया
(Visited 113 times, 1 visits today)
सम्बन्धित समाचार
५२ वर्षपछि विश्वकपमा फर्किएको कंगोले रच्यो इतिहास
चालू विश्वकपमा भारतीय मूलका ४ खेलाडी
फिफा विश्वकप खेलेको ९२ बर्षपछि इजिप्टको पहिलो जीत
विश्वकप फुटबल २०२६ : इजिप्ट समूह जीको शीर्ष स्थानमा
एनपीएलको अक्सन मिति घोषणा
रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित
ललितपुरविरुद्ध पोखरा महानगरपालिका ७ विकेटले विजयी
विश्वकप फुटबल मैदानमा देखिएका फरक दृश्य






