ललितपुरविरुद्ध पोखरा महानगरपालिका ७ विकेटले विजयी

काठमाडौं । पिएल सिंह मेमोरियल टि–२० कप क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार सम्पन्न खेलमा पोखरा महानगरपालिका विजयी भएको छ । पोखराले ललितपुर महानगरपालिकालाई ७ विकेटले पराजित गरेको हो ।

ललितपुरले निर्धारित ओभर सकिँदा ५ विकेट गुमाएर १ सय ६६ रन बनायो । ललितपुरका अदिल खानले विस्फोटक ब्याटिङ गर्दै टिमका लागि ८३ रनको योगदान दिएका थिए । उनले मात्र ४८ बलको सामना गरेका थिए ।

यसैगरी ललितपुरका लागि रोशन बिकले १८ बलमा ३२ रनको योगदान दिएका थिए । पोखराका लागि अपराजीत पौडेलले ३१ रन खर्चेर २ विकेट लिएका थिए भने दिपक डुम्रेको नाममा १ विकेट रह्यो ।

१ सय ६७ रनको लक्ष्य पच्छ्याएको पोखराले १७ ओभर २ बलमा पूरा ग¥यो । पोखराका लागि अर्जुन कुमालले ६३ र दिपक डुम्रेले ५६ रनको योगदान दिए । ललितपुरका लागि विधान खतिवडाले र सूर्य तामाङले १–१ विकेट लिएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 18 times, 1 visits today)

epaper

ताजा समाचार

रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यमा ९९ जना निर्वाचित