ओप्पो ‘ए सिक्स एस प्रो’ नेपालमा सार्वजनिक

काठमाडौं । ओप्पोले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन ओप्पो ‘ए सिक्स एस प्रो’ सार्वजनिक गरेको छ। कम्पनीले यसको आधिकारिक मूल्य रु। ५६,९९९ निर्धारण गरेको छ।

स्मार्टफोनमा ५० एमपी अल्ट्रा–वाइड सेल्फी क्यामेरा, ७००० एमएएच ब्याट्री, ८० वाट सुपरभूक फ्ल्यास चार्ज, ६।५७ इन्च एमोलेड डिस्प्ले तथा १२० हर्ज रिफ्रेस रेट जस्ता विशेषता समावेश छन्। कम्पनीका अनुसार फोनको ब्याट्री ६१ मिनेटमै पूर्ण चार्ज गर्न सकिन्छ।

फोनमा मिडियाटेक हेलियो जी१०० म्याक्स प्रोसेसर, ५० एमपी २ एमपी रियर क्यामेरा, आईपी६९के पानी तथा धुलो प्रतिरोध र ८ जीबी र्यामसँग २५६ जीबी स्टोरेज उपलब्ध छ। यो स्मार्टफोन लुमिना फरेस्ट र इक्लिप्स ब्लू रङमा नेपालभरका आधिकारिक रिटेल स्टोरहरूमा बिक्रीका लागि उपलब्ध रहेको कम्पनीले जनाएको छ।

लन्च अफरअन्तर्गत, जुलाई ३ देखि अगस्ट २, २०२६ सम्म फोन खरिद गर्ने ग्राहकले कम्पनीको शर्तअनुसार २ महिनाको रिप्लेसमेन्ट पोलिसी पनि पाउनेछन्। साथै, यो डिभाइस ईएमआई सुविधासहित पनि उपलब्ध हुनेछ।

तपाइको प्रतिक्रिया
(Visited 31 times, 1 visits today)

epaper

ताजा समाचार

मौद्रिक नीतिलाई समयानुकूल बनाउन सुझाव