योजनाको प्रभावकारिता मूल्यांकन गर्न स्थलगत अनुगमन

धनगढी । सामाजिक विकास कार्यालय कैलालीले आफ्नो कार्यालयमार्फत सञ्चालित योजनाको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न जिल्लाका विभिन्न स्थानमा स्थलगत अनुगमन गराएको छ ।

जिल्ला समन्वय समिति कैलालीका संयोजक टीका चौधरी, सामाजिक विकास कार्यालय कैलालीका प्रमुख कुलराज सोती, स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाको सहभागितामा अनुगमन टोलीले विभिन्न योजना स्थलको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, महिला तथा बालबालिका, अपांगता तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित कार्यक्रमहरूको कार्यान्वयन अवस्था र सेवा प्रवाहको वस्तुस्थिति बुझिएको थियो ।

जिल्ला समन्वय समिति संयोजक चौधरीले सेवा लिने नागरिक, उपभोक्ता समिति तथा स्थानीय समुदायसँग प्रत्यक्ष छलफल गरी योजनाको कार्यान्वयन अवस्था, देखिएका चुनौती र सुधार गर्नुपर्ने पक्ष’bout जानकारी लिइएको बताइन् ।

कार्यालय प्रमुख कुलराज सोतीले विकासको सफलता बजेट खर्चमा मात्र सीमित नहुने उल्लेख गर्दै नागरिकले गुणस्तरीय सेवा र प्रतिफल प्राप्त गर्नु नै मुख्य उद्देश्य रहेको बताए । उनले भने, ुअनुगमनको उद्देश्य कमजोरी खोज्नु मात्र होइन, समस्या पहिचान गरी समाधानका उपाय खोज्नु हो ।ु

अनुगमन टोलीले योजना समयमै सम्पन्न गर्न, निर्माण तथा सेवा प्रवाहको गुणस्तर कायम राख्न, बजेटको पारदर्शी र मितव्ययी उपयोग सुनिश्चित गर्न तथा लक्षित वर्गसम्म कार्यक्रम प्रभावकारी रूपमा पुर्‍याउन सरोकारवालालाई सुझाव दिएको छ । केही योजनामा देखिएका सुधारयोग्य पक्ष’bout आवश्यक निर्देशनसमेत दिइएको जनाइएको छ ।

संयोजक चौधरीले संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय भए विकास आयोजनाको प्रभावकारिता अझ बढ्ने उल्लेख गर्दै नियमित अनुगमनले पारदर्शिता, जवाफदेहिता र गुणस्तर अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरिन् ।

सामाजिक विकास कार्यालय कैलालीले आगामी दिनमा पनि नियमित अनुगमनलाई निरन्तरता दिँदै सेवा प्रवाहलाई थप नागरिकमैत्री, गुणस्तरीय र परिणाममुखी बनाउने जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 46 times, 1 visits today)

epaper

ताजा समाचार

आगजनीपछि बन्द भएको भाटभटेनी एक वर्षपछि खुल्यो