टेलिटकद्वारा पोको एम८ सिरिजका स्मार्टफोन सार्वजनिक

काठमाडौं । टेलिटकले नेपाली बजारमा पोको एम८ सिरिजका दुई नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यी स्मार्टफोन उत्कृष्ट कार्यसम्पादन, फाइभ–जी सपोर्ट, आधुनिक फिचर र किफायती मूल्यका साथ उपलब्ध गराइएको हो।

पोको एम८ मा ७,०००mAh ब्याट्री, ५० मेगापिक्सेल मुख्य क्यामेरा, ६.९ इन्च एफएचडी+ डिस्प्ले तथा स्न्यापड्रागन ६एस जेन ३ प्रोसेसर रहेको छ। त्यस्तै, पोको एम८ प्रोमा ६.८३ इन्च एमोलेड डिस्प्ले, स्न्यापड्रागन ७एस जेन ४ प्रोसेसर, ५० मेगापिक्सेल मुख्य क्यामेरा, ६,५००mAh ब्याट्री र १०० वाट हाइपरचार्ज सुविधा समावेश गरिएको छ।

पोको एम८ को मूल्य ३७ हजार ९९९ रुपैयाँदेखि ४४ हजार ९९९ रुपैयाँसम्म र पोको एम८ प्रोको मूल्य ५६ हजार ९९९ रुपैयाँ तोकिएको छ। कम्पनीले सबै मोडेलमा एक वर्षको आधिकारिक वारेन्टी र अधिकतम नौ महिनासम्मको इएमआई सुविधा उपलब्ध गराएको जनाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 39 times, 1 visits today)

epaper

ताजा समाचार

मौद्रिक नीतिलाई समयानुकूल बनाउन सुझाव