काठमाडौं। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् । बैठक स्थगित गर्नुको मुख्य कारण एमाले सांसद राजेन्द्र राईको अभिव्यक्ति थियो । बुधबारको संसद् बैठक सुरु हुने बित्तिकै विपक्षी दलका सांसदहरू उठेर विरोध गरे ।
त्यसपछि सभामुख अर्यालले नेपाली कांग्रेसकी सांसद प्रमिला गच्छदारलाई बोल्न समय दिए । गच्छदारले बोलेपछि एमाले सांसद राईलाई बोल्न दिए । राईले आफ्नो धारणा राख्ने क्रममा सभामुख अर्याललाई कान सुन्नुहुन्छ कि सुन्नुहुन्न भनेर प्रश्न गरे ।
राईले आफ्नो भनाइको सुरुमै ‘सभामुखज्यू तपाई कान सुन्नुहुन्छ कि हुन्छ ?’ भने । त्यसपछि सभामुख अर्यालले उनलाई बोल्नबाट रोके ।
त्यसपछि सभामुख अर्यालले माननीय सदस्य आफ्नो भनाइ मर्यादामा रहेर भन्नुहोला भन्दै चेतावनी दिए । त्यतिमा उनी रोकिएनन् । सभामुखले अगाडि भने, ‘सभामुखको अपहेलना गर्दै हुनुहुन्छ, सभामुखको अपहलेना गर्दै हुनुहुन्छ ।’
अनि राईलाई बोल्न नदिएर अर्का सांसद परशुराम तामाङलाई समय दिए । त्यो बेला एमालेका सांसदहरू उठेर विरोध गरे । त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद टिका सङ्ग्रौलाले नियमापत्ति जनाइन् । नियमापत्तिमा संग्रौलालले प्रतिनिधिसभाको बैठकमा सभामुखको मानमर्दन हुने गरी सदनमा बोलिएका शब्दहरू रेकर्डबाट हटाउन माग गरिन् ।
प्रतिनिधिसभा नियमावलीको नियम २१ को ‘ख’ को व्यवस्था स्मरण गराउँदै उनले भनिन् ‘सभामुखले पद अनुकूल आचरण गरेको छैन भन्ने प्रस्तावको छलफलको क्रममा बाहेक सभामुखको आचरणको आलोचना गर्न नहुने स्पष्ट कानुनी व्यवस्था छ । तर, यहाँ जुरुक्क उठेर सभामुखले कान सुन्नुहुन्छ कि हुँदैन भन्दै प्रश्न गरिन्छ, यो कस्तो नियत हो ?’
त्यसपछि फेरि सभामुख अर्यालले राईले आत्मालोचना गर्ने भनेकाले भन्दै बोल्न दिए । तर, राईले सभामुख अर्याललाई उल्टै यस्तो पाराले तपाईंले ५ वर्ष संसद् चलाउन सक्नुहुन्न ? भनेपछि सभामुखले १५ मिनेटका लागि संसद् बैठक स्थगित गरे ।
सम्बन्धित समाचार
अद्यावधिकको नाममा सदस्यता खारेज गर्ने निर्णय अलोकतान्त्रिक भएको आरोप
प्रतिनिधिसभा बैठक किन भयो स्थगित?
रास्वपाको पदाधिकारी निर्वाचन कार्यतालिका सार्वजनिक, मध्यरातमा मतपरिणाम
निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ आजै हुने
रास्वपा महामन्त्रीमा आचार्य निर्वाचित
कम्युनिस्ट आन्दोलन नयाँ अवसर र चुनौतीको सङ्घारमा छ : पूर्वराष्ट्रपति
हामी मरेका छैनौं, धुलो टक्टक्याएर फेरि उठ्छौं :अध्यक्ष ओली
सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन्ः सभामुख






