काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पदाधिकारी निर्वाचनका लागि संशोधित कार्यतालिका सार्वजनिक गरेको छ। केन्द्रीय निर्वाचन आयोगले पाँचौँ संशोधनमार्फत निर्वाचनका विभिन्न चरणहरूको समय निर्धारण गरेको हो।
सार्वजनिक कार्यतालिकाअनुसार पदाधिकारी पदका उम्मेदवारहरूको मनोनयन दर्ता साँझ ६:३० बजे हुनेछ। त्यसपछि उम्मेदवारहरूको अन्तिम नामावली राति ८:४५ बजे प्रकाशन गरिनेछ।
निर्वाचन आयोगका अनुसार मतदान प्रक्रिया राति ९:१५ बजेबाट सुरु हुनेछ। मतदान सम्पन्न भएपछि मतगणना गरी परिणाम राति १:३० बजे घोषणा गर्ने तयारी गरिएको छ।
कार्यतालिका संशोधनसँगै पदाधिकारी चयन प्रक्रिया मध्यरातसम्म चल्ने भएको छ। रास्वपाले नयाँ नेतृत्व चयनका लागि महाधिवेशनअन्तर्गत पदाधिकारी निर्वाचन प्रक्रिया अघि बढाएको हो।file:///C:/Users/Dell/Desktop/%E0%A4%A8%E0%A4%BF%E0%A4%B0%E0%A5%8D%E0%A4%B5%E0%A4%BE%E0%A4%9A%E0%A4%A8_%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%AF%E0%A4%A4%E0%A4%BE%E0%A4%B2%E0%A4%BF%E0%A4%95%E0%A4%BE_%E0%A4%AA%E0%A4%BE%E0%A4%9A%E0%A5%8C_%E0%A4%B8%E0%A4%82%E0%A4%B6%E0%A5%8B%E0%A4%A7%E0%A4%A8.pdf
सम्बन्धित समाचार
पूर्वसांसद छिरिङले त्यागिन् नेकपा
रास्वपा नेतृ तामाङद्वारा राजनीतिक संन्यासको घोषणा
रास्वपा लुम्बिनीको नयाँ कार्यसमिति चयन, सभापतिमा घिमिरे निर्वाचित
परराष्ट्रमन्त्रीद्वारा ‘चाइनिज एकेडेमी अफ साइन्स’को अवलोकन
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्री शाह चितवनमा
रास्वपा सभापतिमा उम्मेदवारी दिन ५१ जना समर्थक
शिक्षामन्त्रीद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी






