यसकारण बनाए इजिप्टका मुख्य प्रशिक्षक होसम हसनले ‘एक्स’ चिह्न

खेलको अन्तिम क्षणमा इजिप्टका मुख्य प्रशिक्षक होसम हसन र फ्रान्सेली रेफ्री फ्रान्कोइस लेटेक्सियरबीच भएको चर्को विवादले विश्व फुटबलमा नयाँ बहस सुरु गरेको छ । सबैको ध्यान त्यतिबेला तानियो, जब हसनले रेफ्रीको अगाडि आफ्ना दुवै हात क्रस गर्दै ‘एक्स’ चिह्न बनाए । यो सामान्य विरोधको संकेत भने होइन । फिफाले सन् २०२४ देखि यसलाई ‘जातिवाद र घृणायुक्त व्यवहारविरुद्ध प्रयोग हुने आधिकारिक संकेत’का रूपमा मान्यता दिएको छ । तर, आश्चर्यको कुरा रेफ्रीले खेल रोक्नुको सट्टा हसनलाई पहेँलो कार्ड देखाए । त्यसपछि धेरैले प्रश्न उठाए, ‘यदि एक्स चिह्न जातिवादको संकेत हो भने प्रशिक्षकलाई सजाय किन दिइयो ?’

यो विवाद सुरुवात खेलको निर्णायक मोडबाट भएको हो । इजिप्टले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै अर्जेन्टिनाविरुद्ध २–० को अग्रता बनायो । त्यसपछि मुस्तफा जिकोले अर्को गोल गरे र इजिप्टको जित लगभग निश्चितजस्तै देखियो । त्यसैबेला भिडियो सहायक रेफ्री (भीएआर)ले हस्तक्षेप गर्दै ‘गोल हुनुअघि फाउल भएको’ भन्दै त्यो गोल रद्द गरिदियो । यही निर्णयपछि खेलको दिशा नै बदलियो । अर्जेन्टिनाले अन्तिम समय सानदार पुनरागमन गर्दै खेल ३–२ ले आफ्नो पक्षमा पा¥यो । खेल अन्तिम क्षणमा मोहम्मद सलाहमाथि भएको भनिएको फाउलमा पनि पेनाल्टी नदिइएपछि प्रशिक्षक होसम हसनको आक्रोश झन् बढ्यो र उनले रेफ्रीतर्फ ‘एक्स’ चिह्न देखाएर आफ्नो विरोध जनाए ।

फिफाको नियमअनुसार ‘एक्स’ चिह्नको अर्थ निकै गम्भीर छ । कुनै खेलाडी, प्रशिक्षक वा टोलीका सदस्यले आफू वा अरूमाथि जातीय दुव्र्यवहार वा घृणायुक्त व्यवहार भएको महसुस गरेमा दुवै हात क्रस गरेर ‘एक्स’ चिह्न बनाउन सक्छन् । यस्तो संकेत देखिएपछि रेफ्रीले तुरुन्तै खेल रोक्नुपर्ने , स्टेडियममा चेतावनी दिनुपर्ने र आवश्यक परे तीन चरणको ‘थ्री–स्टेप प्रोटोकल’ लागू गर्न ुपर्ने व्यवस्था छ । यदि दुव्र्यवहार रोकिएन भने खेल स्थगित गरिन्छ र अवस्था नियन्त्रणमा नआए खेल नै रद्द गर्न सकिन्छ ।

यस नियमको पहिलो चर्चित प्रयोग सन् २०२४ को ‘महिला अन्डर–२० विश्वकप’मा ब्राजिल र क्यामरुनबीचको खेलमा भयो । खेलक्रममा ब्राजिलका खेलाडीमाथि जातीय टिप्पणी भएको आरोप लागेपछि उनीहरूले मैदानमै ‘एक्स’ चिह्न बनाए । त्यसपछि रेफ्रीले खेल रोके, स्टेडियममा आधिकारिक चेतावनी जारी गरियो र फिफाको नयाँ नियम पहिलोपटक व्यवहारमा लागू भयो । तर, इजिप्ट र अर्जेन्टिनाबीचको खेलमा अवस्था फरक थियो । खेलपछिका रिपोर्टअनुसार रेफ्रीले हसनलाई ‘एक्स’ चिह्न बनाएको कारण होइन, त्यस संकेत दुरुपयोग गर्दै रेफ्रीको निष्पक्षतामाथि सार्वजनिकरूपमा ‘प्रश्न उठाएको’ भन्दै पहेंलो कार्ड दिएका थिए ।

विभिन्न सञ्चारमाध्यमका अनुसार हसनले जातीय दुव्र्यवहार भएको दाबी गर्न ुभन्दा पनि फिफा र रेफ्रीले अर्जेन्टिना तथा लियोनेल मेस्सीलाई फाइदा पुग्ने गरी निर्णय गरेको आरोप जनाउन ‘एक्स’ चिह्न प्रयोग गरेका थिए । फुटबलका नियमअनुसार रेफ्रीको निर्णयप्रति आक्रामक असहमति जनाउनु वा सार्वजनिकरूपमा विरोध प्रदर्शन गर्नु ‘डिसेन्ट’ मानिन्छ, जसका लागि पहेंलो कार्ड देखाउन सकिन्छ । यद्यपि, ‘वास्तवमै कुनै जातीय दुव्र्यवहार भएको थियो वा थिएन ?’ भन्ने विषयमा हालसम्म कुनै आधिकारिक पुष्टि भएको छैन ।

केही समर्थकले इजिप्टका प्रशिक्षक वा टोलीमाथि जातीय टिप्पणी भएको हुनसक्ने दाबी गरेका छन् भने अर्काथरीको तर्क छ कि ‘एक्स’ चिह्न देखिएपछि रेफ्रीले कम्तीमा खेल रोकेर घटना’bout अनुसन्धान गर्नुपर्ने थियो । तर, त्यसो नगरी प्रशिक्षकलाई पहेंलो कार्ड देखाएर खेल अघि बढाइयो । खेलपछि होसम हसनले ‘विश्व च्याम्पियन टोलीलाई जसरी पनि प्रतियोगितामा अघि बढाउन खोजिएको’ आरोपसमेत लगाए ।

तपाइको प्रतिक्रिया
(Visited 188 times, 1 visits today)

epaper

ताजा समाचार

नेतृत्वसँगै समृद्धिको बाटो : षडानन्दका मेयर उदासको लोभलाग्दो कृषि कर्म