कनरी–फूलबारी चक्रपथमा २१० स्मार्ट सडक बत्ती जडान

धनगढी । धनगढी उपमहानगरपालिकाले ‘उज्यालो धनगढी अभियान’ अन्तर्गत कनरी–फूलबारी चक्रपथमा २१० वटा अत्याधुनिक सेन्सरयुक्त सडक बत्ती जडान गरेको छ ।

उपमहानगरपालिकाका अनुसार वडा नम्बर १४, १५, १८ र १९ अन्तर्गत पर्ने चक्रपथका २१० वटा विद्युत् पोलमा स्मार्ट सडक बत्ती जडान गरिएको हो ।

वडा नम्बर १५ को कनरीदेखि वडा नम्बर १९ को आई गाउँसम्म सडक बत्ती जडान सम्पन्न भएसँगै बुधबारदेखि उक्त क्षेत्रमा रात्रिकालीन उज्यालो विस्तार भएको छ ।

उपमहानगरपालिकाले सडक बत्ती सञ्चालनमा आएपछि रातिको आवतजावत थप सुरक्षित हुने, दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने तथा स्थानीय बासिन्दालाई सहज हुने अपेक्षा गरेको जनाएको छ ।

यो कार्यक्रम नगर क्षेत्रलाई सुरक्षित, व्यवस्थित र आधुनिक बनाउने अभियानअन्तर्गत सञ्चालन गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 67 times, 1 visits today)

epaper

ताजा समाचार

आम महिला मोर्चाको केन्द्रीय अध्यक्षमा कुमारी बबिता