काठमाडौं । बैतडीको मेलौली नगरपालिका–१ सिराडका सुने पार्कीको घर भत्किँदा तीन जना घाइते भएका छन् ।
घाइते हुनेमा पार्कीकी १८ वर्षीया छोरी मनिषा, १३ वर्षीया चाँदनी र आठ महिनाकी गर्भवतीसमेत रहेकी २२ वर्षीया बुहारीप्रिया पार्की रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता भुवनप्रसाद तिमिल्सिनाले जानकारी दिए ।
घाइतेमध्ये प्रियाको अवस्था केही गम्भीर रहेको र अरूको सामान्य रहेको उनले जानकारी दिए । ढुङ्गा–माटोको जोडाइ भएको दुईतल्ले कच्ची घरको मुख्य निधाल भाँचिएर घर भत्किएको हो ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय तश्चदेहीबाट प्रहरी सहायक हवल्दार घनश्याम जैशीको नेतृत्वमा छ जना प्रहरीको टोली घटनास्थल पुगेको थियो । प्रहरी र स्थानीयवासीको सहयोगमा घाइतेको उद्धार गरी उपचारका लागि केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौली पठाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो
घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु
जुम्लामा चिकित्सकमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ
आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन
८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट ठहर
उदयपुरमा जङ्गली हात्तीले ६ घर भत्कायो
कालीकोट पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
लागुऔषधसहित पाँच जना पक्राउ






