राहदानी विभाग अगाडि एक पुरुषले गरे आत्मदाहको प्रयास

काठमाडौँ । त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडि एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।

ती पुरुषले आफ्नो शरीरमा पेट्रोलियम पदार्थ खन्याएर आगो लगाउँदै आत्मदाहको प्रयास गरेका थिए । उनको उद्धार गरी अहिले उपचारका लागि वीर अस्पताल लगिएको छ ।

आत्मदाहको प्रयास गर्ने पुरुषको परिचय खुलेको छैन । घटना’bout थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा नगरपालिकाको पार्किङसम्बन्धी विवादसँग जोडिएको हुन सक्ने सूचना प्राप्त भएको भए पनि त्यस’bout यकिन हुन बाँकी रहेको एक प्रहरी अधिकारीले बताएका छन्।

तपाइको प्रतिक्रिया
(Visited 45 times, 1 visits today)

epaper

ताजा समाचार

कञ्चनपुरमा ७१ जना फरार कैदीबन्दी पक्राउ