काठमाडौं । प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ । शुक्रबार बोलाइएको बैठक शनिबार बिहान ११ बजे बस्नेगरि स्थगित गरिएकोमा पुनः सूचना टाँस गरि आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो ।
शनिबार बिहान ११ बजे बस्नेगरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारण उक्त समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली २०८३ को नियम ६ को उपनियम ३ बमोजिम सभामुखले सभाको बैठक २०८३ असार १४ आइतबार बिहान ११ बजे बस्ने गरी निर्धारण गरेको संसद सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ ।
रास्वपाको महाधिवेशन लम्बिएका कारण प्रतिनिधिसभा बैठक प्रभावित भएको हो ।
तपाइको प्रतिक्रिया
(Visited 31 times, 1 visits today)
सम्बन्धित समाचार
परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
पूर्वसभामुखले लिए सक्रिय राजनीतिबाट बिदा
धितोपत्र बोर्डको अध्यक्षमा डा. भट्ट नियुक्त
रास्वपा महाधिवेशनमा गगन देखि बाबुरामसम्म
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
महामन्त्रीमा विपिनलाई पाँच नेताको समर्थन
रास्वपा महामन्त्रीको निर्वाचन रोचक मोडमा : रञ्जुको समर्थन विपिनलाई






