त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बिमा पुन: सञ्चालन गर्ने

काठमाडौं । त्रिवि शिक्षण अस्पतालले भोलि (असार १५ गते) देखि स्वास्थ्य बिमा पुनः सञ्चालनमा ल्याउने भएको छ। शिक्षण अस्पतालले सूचना जारी गर्दै स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत ओपीडी सेवा मात्र सुचारु गर्ने जनाएको हो।

अस्पताल प्रशासनले ओपिडी टिकट वितरणका लागि निश्चित समय समेत तोकिएको छ। सेवाग्राहीले बिमाको टिकट बिहान ७ बजेदेखि ११ बजेसम्म र दिउँसो १ बजेदेखि २ः३० बजेसम्म बिमा टिकट काउन्टरबाट टिकट लिन सक्नेछन्।

अस्पतालले स्वास्थ्य बिमासम्बन्धी थप जानकारी वा कुनै समस्या परेमा अस्पतालको स्वास्थ्य बिमा तथा सामाजिक सुरक्षा शाखामा सम्पर्क गर्न सेवाग्राहीहरूलाई आग्रह गरेको छ।

स्वास्थ्य बिमा बोर्डले रकम भुक्तानी नगरेको भन्दै शिक्षण अस्पतालले गत माघ १ गतेदेखि बिमा कार्यक्रम रोकेको थियो। अस्पतालले ६ महिना पछि ओपीडी सेवा मात्र पुन सुरु गर्न लागेको हो।

तपाइको प्रतिक्रिया
(Visited 13 times, 1 visits today)

epaper

ताजा समाचार

जुम्लामा चिकित्सकमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ