काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्रका विद्यमान समस्या, निर्माण व्यवसायको प्रवद्र्धन, भौतिक पूर्वाधार विकासलगायत विषयमा आज निर्माण व्यवसायीका प्रतिनिधिहरुसँग छलफल गरेका छन ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीहरुसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्र मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र पूर्वाधार निर्माणको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै यस क्षेत्रमा देखिएका व्यावहारिक समस्याको समाधानका लागि सरकार सकारात्मक रहेको बताए ।
उनले निर्माण व्यवसायलाई मर्यादित, पारदर्शी, जिम्मेवार र परिणाममुखी बनाउँदै विकास निर्माणका काम समयमै सम्पन्न गर्न सबै पक्षको सक्रिय र प्रभावकारी सहकार्य अपरिहार्य रहेकोसमेत जनाएका छन ।
ब्यावसायीले निर्माण क्षेत्रले भोग्दै आएका भुक्तानी, म्याद थप, ठेक्का व्यवस्थापन, समयमै आयोजना कार्यान्वयन, मूल्य समायोजन, बैंकिङ तथा लगानीसम्बन्धी चुनौती’bout प्रधानमन्त्री शाहलाई जानकारी गराउनु भएको छ। साथै, निर्माण उद्योगलाई चलायमान बनाउन सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने धारणा व्यक्तसमेत गरेका छन ।
सम्बन्धित समाचार
राष्ट्रिय धान दिवस: ६० वर्षमा कृषकका खेतमा ७० जातका धान
छायाँदेवी कम्प्लेक्सको अतिक्रमणविरुद्ध नेवाः दबू
एक करोड मेट्रिक टन नाघ्यो खाद्य उत्पादन
मौद्रिक नीतिले निजी क्षेत्रको मनोबल बढाउने, कार्यान्वयनमा जोडः महासंघ
नेप्से परिसूचक आठ अङ्कले घट्यो
गर्मीले वीरगन्ज महानगरका २७२ शैक्षिक संस्था बन्द
रास्वपा केन्द्रीय सदस्यमा को-को निर्वाचित भए (नामावलीसहित)
स्थानीय सरकारका प्राथमिकताः युवा फर्काऊ, सन्तान बढाऊ






