ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण, रोजगारी सिर्जना, औद्योगिकीकरण तथा हरित विकासको महत्वपूर्ण आधार भएको बताएका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल ९इपान० का पदाधिकारीहरूसँग शुक्रबार सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री शाहले ऊर्जा क्षेत्रले नेपालको निर्यात व्यापार प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने धारणा व्यक्त गरे ।

उनले ऊर्जा उत्पादन तथा प्रवर्द्धनका क्रममा देखिएका समस्या, अवसर र चुनौतीका विषयमा इपानले उठाएका मुद्दाहरूलाई सरकारले गम्भीरतापूर्वक लिएको स्पष्ट पारे। साथै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण तथा अन्य सम्बन्धित निकायहरूसँग समन्वय गरी आवश्यक सहजीकरण र समाधानका लागि सरकार प्रतिबद्ध रहेको आश्वासन दिए ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफलमा ऊर्जा क्षेत्रको समग्र विकास, जलविद्युत् आयोजना, निजी क्षेत्रको लगानी, वातावरणीय व्यवस्थापन, उद्योग–व्यवसाय प्रवर्द्धन तथा ऊर्जा क्षेत्रमार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढीकरणका विषयमा विस्तृत संवाद भएको थियो।

छलफलका क्रममा इपानले विद्युत् खरिद सम्झौता ९पीपीए० को सहजीकरण, रोकिएका जलविद्युत् आयोजनाको कार्यान्वयन, प्रसारण लाइन तथा ग्रिड पहुँचसम्बन्धी समस्या समाधान, वन तथा वातावरणीय स्वीकृति प्रक्रियामा सरलीकरण, जग्गा प्राप्ति र अनुमतिपत्र नवीकरणमा सहजता तथा विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागितालगायत विषय उठाएको थियो।

त्यसैगरी लगानी सुरक्षाको प्रत्याभूति तथा ऊर्जा क्षेत्रलाई थप लगानीमैत्री बनाउने उपाय’bout पनि प्रधानमन्त्रीसँग छलफल भएको जनाइएको छ।

छलफलमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा तथा स्वकीय सचिव नवीन भण्डारी सहभागी थिए ।

इपानका तर्फबाट वरिष्ठ उपाध्यक्ष उत्तम भ्लोन, उपाध्यक्षहरू हिमप्रसाद पाठक, सुशन कर्माचार्य र उत्तरकुमार श्रेष्ठ, प्रमुख सल्लाहकार गणेश कार्की, महासचिव टीएन आचार्यलगायतको सहभागिता रहेको थियो।

तपाइको प्रतिक्रिया
(Visited 24 times, 1 visits today)

epaper

ताजा समाचार

बझाङको सुगरेमा जिप दुर्घटना : ३ जनाको घटनास्थलमै मृत्यु, १३ जना घाइते