इरानले फेरी बन्द गर्‍यो स्ट्रेट अफ हर्मुज, अमेरिकाले थाल्यो आक्रमण

काठमाडौँ । होर्मुज जलसन्धिमा साइप्रसको झण्डावाहक एक कन्टेनर जहाजमाथि आक्रमण भएपछि अमेरिकी सेनाले इरानमाथि यसै साताको तेस्रो चरणको हमला गरेको छ ।

अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकप)ले उक्त सैन्य कारबाहीको पुष्टि गरेको हो । अमेरिकी कमाण्डले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘व्यावसायिक जहाजहरूमाथि भएका अघिल्ला आक्रमणहरूका लागि जिम्मेवार ठहराइएपछि इरानलाई समझदारी ज्ञापन पत्र पालना गर्ने अवसर दिइएको थियो, तर इरान पुनः यसमा असफल साबित भएको छ ।’

इरानले अर्को सूचना नभएसम्मका लागि उक्त हर्जुज पूर्ण रूपमा बन्द गरिएको घोषणा गरेको छ। यसको जवाफमा अमेरिकी रक्षा सचिव पिट हेगसेथले इरानले गलत निर्णय गरेको र यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्। सेन्टकमका अनुसार इरानी आक्रमणबाट जहाजको इन्जिन कोठामा ठूलो क्षति पुगेको छ भने एक चालक दलका सदस्य बेपत्ता भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 79 times, 1 visits today)

epaper

ताजा समाचार

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड