झापा । सशस्त्र प्रहरी बलले झापाका विभिन्न सीमावर्ती क्षेत्रबाट ३९ लाख ७८ हजार ७०० रुपैयाँबराबरका अवैध भारतीय फूलमाला बरामद गरेको छ ।
काँकडभिट्टा, भद्रपुर र केचनालगायत भारतसँग सीमा जोडिएका क्षेत्रबाट नेपालतर्फ अवैध रूपमा भित्र्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीको गस्ती तथा चेकजाँच टोलीले दुई दिनमा उक्त फूलमाला नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नं २ गण भद्रपुरका गणपति सचिन कर्माचार्यले जानकारी दिए ।
उनका अनुसार मंगलबार १४ लाख १५ हजार ३०० र सोमबार २५ लाख ६३ हजार ४०० मूल्य बराबरका फूलमाला बरामद गरिएको हो । बरामद गरिएका फूलमाला जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, प्लान्ट क्वारेन्टिन, जनप्रतिनिधि तथा उद्योग वाणिज्य सङ्घका प्रतिनिधिको उपस्थितिमा नष्ट गरिएको जनाइएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेक्वा झापाले चाडपर्व लक्षित विशेष सुरक्षा योजना, २०८३ अनुसार सीमावर्ती इलाका तथा अन्य स्थानमा अप्रिय घटना हुन नदिन स्रोतसाधनसहितको प्रविधियुक्त सुरक्षा तैनाथीलाई सक्रिय बनाइएको जनाएको छ । कुनै पनि समस्या परेमा वा आपतविपदमा परेका नागरिकले सहयोगका लागि सशस्त्र प्रहरी बल, नेपालको टोल फ्री नम्बर १११४ र ९८५१२७२१२५ मा सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।
जिल्ला प्रशासन कार्यालय झापाले भारतबाट फूलमाला आयातमा रोक लगाउँदै यस वर्षको पर्वमा स्वदेशी फूल प्रयोग गर्न आग्रह गर्दै आएको छ । प्रशासनले अवैध रूपमा भित्र्याइएका फूलमाला नियन्त्रणमा लिन सुरक्षा निकायलाई निर्देशन दिएको थियो ।
सम्बन्धित समाचार
चाडपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीद्वारा विशेष सुरक्षा योजना लागू
आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको रिट सर्वाेच्चमा दर्ता
चाडपर्वमा देशभर सुरक्षा व्यवस्था कडा
भारतमा चक्रवात अर्नबले निम्त्यायो विपत्ति, ८९ हजार विस्थापित
कुलेखानी जलाशय भरिने क्रममा, तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह
‘विवादमा आएका न्यायाधीशविरुद्ध महाभियोग !’
भारतका विदेश सचिव मिश्री नेपाल भ्रमणमा
कम्पनीको बक्यौता जरिवाना छुटको म्याद पुस मसान्तसम्म थप






