पोखरा । अविरल वर्षासँगै मोदी खोलामा आएको बाढीले कास्कीको पर्यटकीय क्षेत्र घान्द्रुकमा एउटा रेष्टुरेन्ट बगाएको छ भने अर्को रेष्टुरेन्टमा क्षति पुगेको छ । यसैगरी, बाढीले एउटा पुल बगाएको छ भने बाटो कटान गर्दा घान्द्रुक जोड्ने सडक पूर्णरुपमा अबरुद्ध भएको छ ।
गएरातिदेखि अविरल वर्षासँगै कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित किम्रुङ खोलामा बाढी आएको थियो । उक्त खोला कास्की र पर्वत भई बग्ने मोदीखोलामा मिसिने गर्छ । बाढीले तल्लो तटीय क्षेत्रमा सम्भावित क्षति हुन नदिन पर्वतको मोदी र कास्कीको अन्नपूर्ण गाउँपालिकाले सतर्क गराएका छन् । उनीहरुले सार्वजनिक सूचना तथा माइकिङ गर्दै बहाव बढेको बेला खोलामा नजान, माछा नमार्न तथा दाउरा नटिप्न सचेत गराएका हुन् ।
मोदी गाउँपालिका अध्यक्ष हिरादेवी शर्माले किम्रुङ खोलाको बहाव बढेपछि आफूहरुले सार्वजनिक सूचना जारी गरी सर्वसाधारणलाई सचेत गराएको बताइन् ।
मोदीखोलाको बाढीले आइतबार दिउँसो स्याउलीबजारस्थित दिलीप गुरुङको रेष्टुरेन्ट बगाएको हो । त्यसैगरी, स्थानीय जगन पुनको खोला छेउ रहेको रेष्टुरेन्टमा पनि क्षति पुगेको छ । बाढीले घान्द्रुकस्थित किम्रुङखोलाको झोलुङे पुलसमेत बगाएको छ । जसबाट अन्नपूर्ण आधार शिविर पुग्न समस्या भएको छ ।
अन्नपूर्ण गाउँपालिका प्रवक्ता भरतमान गुरुङले बाढीले आइतबार बीरेठाँटीमा पनि सडक कटान गरेको बताए ।
सम्बन्धित समाचार
आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे
गण्डकी प्रदेश सरकारको विनियोजन विधेयक पारित
बागलुङमा कुकुरलाई ‘होस्टेल’
हनुमान नाचः तीन शताब्दीको सांस्कृतिक हुङ्कार
संकटमा पर्नसक्छन् १५ लाख मानिस, ३०० तालसहित १५० प्रजाति
गण्डकी प्रज्ञा–प्रतिष्ठान कुलपतिमा न्यौपाने
बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो
जलजलाका १४९ सुत्केरीलाई घ्यू र अण्डा वितरण






