काठमाडौं । कर्णालीमा कोरोना संक्रमित थप ५४ जना भेटिएका छन् । प्रदेश अस्पताल पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा थप ५४ जना संक्रमित भेटिएका हुन् ।
प्रदेश अस्पताल÷पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत गरिएको परीक्षणमा ५७ जना र स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ३ जना संक्रमित भेटिएका हुन् ।
संक्रमितमा सल्यानका २८ जना, सुर्खेतका २० जना, दैलेखका ३ जना र कालिकोटका ३ जना रहेकोे सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए ।
कर्णाली प्रदेशमा हालसम्म संक्रमितको संख्या ६४१ पुगेको छ । कर्णालीमा कोरोनाका कारणले ३ जनाको मृत्यु भइसकेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 158 times, 1 visits today)






