काठमाडौं । आन्दोलनरत मिटरब्याज पीडितका प्रतिनिधि र सरकारी वार्ता टोलीबिच झण्डै ६ घण्टादेखिको वार्ता जारी छ ।
पीडित पक्षका मागमा सहमति जुटाएर सम्झौता पत्रमा हस्ताक्षर गर्ने गरी वार्ता भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी वार्तामा सरकारी वार्ता टोलीको नेतृत्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाले गरेका छन् भने गृह मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुली र भूमि व्यवस्था विभागका महानिर्देशक योगेन्द्र प्रसाद दुलाल सदस्यका रूपमा सहभागी छन् ।
मिटरब्याज पीडित पक्षको तर्फबाट वार्ता टोलीको संयोजन नवलपरासी (सुस्ता पूर्व) का अवधेश कुसवाहले गरिरहेका छन्। पीडितका पक्षबाट अन्य सदस्यहरूमा सिराहाका मनोज पासवान, गोरखाका रिजन रानामगर, भोजपुरकी लक्ष्मी घिमिरे, बर्दघाट पश्चिमका किरण परियार र कैलालीका निर्गराज जैसी सहभागी छन् ।
सिमरामा गृहमन्त्री सुधन गुरुङ र पीडित प्रतिनिधिबिच भएको मौखिक सहमतिलाई लिखित सम्झौताको रूप दिँदै औपचारिकता प्रदान गर्ने तयारी भएको सरकारी पक्षले जानकारी दिएको छ ।
सम्बन्धित समाचार
संवैधानिक परिषद्को बैठक बस्दै
कर्णाली दुर्घटनाको विषयमा रास्वपाकै सांसदले मागे गृहमन्त्रीसँग जवाफ
बैतडीमा घर भत्किँदा तीन जना घाइते
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा खत्री नियुक्त
अब विषादीको व्यवसाय जथाभावी गर्न नपाइने
गणेश नेपाली मृत्यु प्रकरण : तीन जना नगर प्रहरी पक्राउ
प्रधानमन्त्री र लिङ्देनबीच भेटवार्ता
कर्णालीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुँदै






