काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राडा।देवेन्द्र खत्री नियुक्त भएका छन्। प्रधानमन्त्री तथा आयोगका अध्यक्ष वालेन्द्र शाहले खत्रीलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन्।
नवनियुक्त उपाध्यक्ष खत्रीलाई आज मन्त्रालयमा शिक्षा तथा खेलकुद मन्त्री तथा आयोगका सहअध्यक्ष सस्मित पोखरेलले नियुक्तिपत्र प्रदान गरेका छन्।
उनी नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा कार्यरत थिए। यसअघि आयोगमा उपाध्यक्ष पद रिक्त थियो। अर्को व्यवस्था नभएसम्म आयोगका पूर्वउपाध्यक्ष श्रीकृष्ण गिरीलाई कार्यवाहक उपाध्यक्षको जिम्मेवारी दिइएको थियो।
सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश ल्याएपछि आयोगका उपाध्यक्ष डा. अञ्जनी कुमार झालगायतका पदाधिकारी पदमुक्त भएका थिए। त्यसपछि आयोगको उपाध्यक्ष पद खाली भएको थियो।
तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)
सम्बन्धित समाचार
त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बिमा पुन: सञ्चालन गर्ने
जुम्लामा चिकित्सकमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ
८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट ठहर
कालीकोट पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा नियमावली १० औँ संशोधन स्वीकृत
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित






