टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित

काठमाडौं । मकवानपुरको थाहा नगरपालिका–११ टिस्टुङमा शनिबार सञ्चालित स्वास्थ्य शिविरबाट ४७७ लाभान्वित भएका छन् ।

रोटरी क्लब अफ काठमाडौं–वेष्ट, रोटरी स्याटेलाइट क्लब अफ काठमाडौं वेष्ट र शान्ति सेवागृह क्लिनिक तथा रिह्याबिटेसन सेन्टरको संयुक्त आयोजनामा भएको शिविरमा दाँतको उपचार, एक्स–रे, आँखा जाँच तथा फिजियोथेरापीलगायत विशेषज्ञ सेवा प्रदान गरिएको थियो ।

चिकित्सकले आवश्यकताअनुसार बालबालिकालाई लिटो, झूल, दन्तमञ्जन र चस्मा पनि निःशुल्क वितरण गरेका थिए ।

ती सामाजिक संस्थाले थाहा नगरपालिका–१० स्थित नाटेश्वर माध्यमिक विद्यालय, टौखेलका बालबालिकाका लागि आठ थान कम्प्युटर प्रदान गरेका छन् । वातावरणीय सन्तुलन र हरियाली प्रवर्द्धनका लागि थाहा नगरपालिका–१२ मा ४०० बिरुवा पनि रोपिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 20 times, 1 visits today)

epaper

ताजा समाचार

अधिकारीविरुद्ध १ करोड ७१ लाख रुपैयाँ बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दायर