यस्ता छन् सचिवस्तरीय बैठकका २२ निर्णय

काठमाडौं । सरकारले सार्वजनिक बिदाको पुनरावलोकन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ भने जेनजी शहीद परिवार र घाइतेका लागि स्वीकृत प्याकेज शीघ्र कार्यान्वयन गर्ने निर्णय गरेको छ । सरकारका सचिवहरूको बैठकले शनिबार र आइतबार दुई दिन बिदा दिने व्यवस्था सुरु भएपछि सार्वजनिक बिदाको व्यवस्थामा पुनरावलोकन आवश्यक देखिएको भन्दै कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठन हुने कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधि सदस्य रहनेछन् ।

बैठकले कार्यदललाई १५ दिनभित्र अध्ययन प्रतिवेदन गृह मन्त्रालयमा बुझाउन निर्देशन दिएको छ । कार्यदलले सार्वजनिक बिदाको प्रभाव, आवश्यकता र व्यवस्थापन पक्ष’bout अध्ययन गरी सरकारलाई सुझाव दिनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 107 times, 1 visits today)

epaper

ताजा समाचार

मुख्यमन्त्री शाहले गरे कांग्रेस सदस्यता अध्यावधिक