काठमाडौं। संघीय संसद्, संसदीय सुनुवाइ समितिको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्ने भएको हो ।
राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षमा बस्ने सो बैठकमा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरूको सम्बन्धमा प्राप्त उजुरीका विषय, प्रस्तावित व्यक्तिहरूले पेस गरेको कार्य योजना वितरण गर्ने सम्भावित कार्यसूची रहेको जनाइएको छ ।
गत असार १९ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की नियुक्त गर्न सिफारिस गरेको थियो । सोही बैठकले निर्वाचन आयुक्त पदमा डा। राजीव सुब्बा र गुरुप्रसाद वाग्लेलाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।
संसदीय समितिबाट प्रस्तावित ती पदहरूको नाम अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्ति हुने संवैधानिक प्रावधान रहेको छ ।
सम्बन्धित समाचार
प्रसाईंलाई कार्यक्रम गर्न किन रोक्यो प्रहरीले ?
तेस्रो ‘अन्तरराष्ट्रिय नेपाली फिल्म अवार्ड’ नेपालमा हुने
पहिरोबाट कालीगण्डकी कोरिडोर अवरुद्ध
विदेश होइन, गाउँमै भविष्यः उन्नत भैँसीपालनबाट मासिक एक लाख आम्दानी
भक्तपुर जिल्ला पूर्ण खोप सुनिश्चित
प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ
नागढुंगा चेकपोस्टमा सवारी होल्ड (फोटोफिचर)
एउटा ‘अग्र्यानिक’ चरित्रमा रेखाको अनुभव






