काठमाडौँ । नेपाली काँग्रेसले पार्टीका नेता गोपालमान श्रेष्ठलाई वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरेको छ। बिपी स्मृति दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा पार्टी सभापतिले श्रेष्ठलाई वरिष्ठ नेता बनाउने निर्णय भएको जानकारी दिएका हुन्।
सभापतिका अनुसार उक्त निर्णयलाई आगामी केही दिनभित्र बस्ने केन्द्रीय कार्यसमिति बैठकबाट औपचारिक अनुमोदन गराइनेछ। त्यसका लागि केन्द्रीय समिति बैठक बोलाउने तयारी भइरहेको उनले बताए।
हाल उपचारका क्रममा अस्पतालमा रहेका नेता श्रेष्ठलाई भेटेर आफूले वरिष्ठ नेताको जिम्मेवारी दिने विषयमा जानकारी गराएको सभापतिले उल्लेख गरे। पार्टीको संगठनात्मक संरचनामा लामो समय योगदान दिएका श्रेष्ठलाई सम्मान स्वरूप उक्त जिम्मेवारी प्रदान गर्न लागिएको काँग्रेसले जनाएको छ।
तपाइको प्रतिक्रिया
(Visited 132 times, 1 visits today)
सम्बन्धित समाचार
सम्पत्ति छानबिन आयोगलाई कुनै पनि काम अघि नबढाउन सर्वोच्चको आदेश
जेनजी आन्दोलनका घाइतेलाई ‘आकर्षक स्किम’
सम्पत्ति जाँचबुझको काम अगाडि नबढाउन सर्वोच्चको अर्को आदेश
ऐतिहासिक गहना फिर्ता गराउन कूटनीतिक पहल
श्रीलंका भ्रमण सफलतापूर्वक सम्पन्न गरी प्रचण्ड स्वदेश फिर्ता
देउवाको सन्देशः ‘लोकतन्त्रमाथि दबाब सिर्जना गर्ने प्रवृत्ति स्वीकार्य छैन’
जलवायु परिवर्तनविरुद्ध सङ्कल्प गर्न ‘ग्रिन रन’ आयोजना : सभापति थापा
चीन भ्रमणमा जाँदै रवि लामिछाने, मिति टुंगो लाग्न बाँकी






