दलित महिलाहरूलाई ‘डिजिटल’ साक्षरता प्रशिक्षण

जनकपुरधाम । साइवर अपराध र अनलाइन ठगीबाट जोगिन धनुषाका दलित तथा सीमान्तकृत महिलालाई ‘साइवर’ सचेतनासम्बन्धी तालिम दिइएको छ ।

दलित महिला सङ्घले जनकपुरधाममा धनुषाका ३० दलित तथा सीमान्तकृत महिलालाई डिजिटल प्रविधिको सुरक्षित प्रयोग’bout डिजिटल साक्षरता तथा साइवर अपराधसम्बन्धी तालिम दिएको हो ।

तालिममा सहभागी महिलाहरूले फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, वाट्सएपलगायत सामाजिक सञ्जालमार्फत हुने फेक आइडी, ह्याकिङ, आर्थिक ठगी, व्यक्तिगत विवरण दुरुपयोग तथा अनलाइन दुव्र्यवहारबाट कसरी जोगिने भन्ने विषयमा व्यावहारिक तथा आधारभूत जानकारी प्राप्त गरेको बताएका छन् ।

तालिमका क्रममा मोबाइल र इन्टरनेटको सुरक्षित प्रयोग, बलियो पासवर्ड बनाउने तरिका, अपरिचित लिङ¬्क र सन्देशको जोखिम पहिचान गर्ने उपाय, गोपनीयता सुरक्षित राख्ने अभ्यास तथा साइवर अपराध भएमा कहाँ र कसरी उजुरी गर्ने भन्ने विषयमा प्रशिक्षण दिइएको दलित महिला सङ्घ धनुषाका अध्यक्ष सरस्वती मण्डलले बताए ।

अध्यक्ष मण्डलले डिजिटल माध्यमको सही प्रयोगले शिक्षा, सूचना, व्यवसाय तथा सामाजिक सशक्तीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए । तालिमका सहभागी महिलाहरूले तालिमबाट प्राप्त ज्ञानलाई आफ्ना परिवार र समुदायसम्म पुर्याउने प्रतिबद्धतासमेत जनाएका छन् ।

दलित महिला सङ्घ धनुषका कार्यक्रम संयोजक सिजेन्द्र सदाका अनुसार यस्ता कार्यक्रमले दलित समुदायका महिलालाई डिजिटल रूपमा सक्षम, आत्मविश्वासी र साइवर जोखिमप्रति सचेत बनाउँदै सुरक्षित डिजिटल समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 20 times, 1 visits today)

epaper

ताजा समाचार

क्यान्सर अस्पतालमा ‘किमो’ लगाउने बिरामीको चाप