सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज बुधबार सुनको मूल्य केही घटेको छ भने चाँदीको भाउ बढेको छ । हिजो मंगलबारको तुलनामा सुन तोलामा एक हजारले घटेको छ भने चाँदी १० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ३२० रुपैयाँ कायम भएको छ ।

हिजो छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ३१० रुपैयाँ कायम भएको थियो ।

गत सोमबार छापावाल सुन प्रतितोला दुई लाख ८८ हजार ५०० र त्यति नै परिमाणको चाँदी चार हजार ४४५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार २९ र चाँदी ५७ अमेरिकी डलरमा किनबेच भइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 58 times, 1 visits today)

epaper

ताजा समाचार

सर्वदलीय बैठकपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे रवि लामिछाने