अझै देशको राजनीति सहज भइसकेको छैन : नेकपा संयोजक प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अझै पनि देशको राजनीति सहज नभएको बताएका छन्।

बिहीबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले जन चाहनाअनुसार, काम हुन नसकेको औंल्याए। जनतामा निराश बढ्दै गएको उनले बताए। ‘देशको राजनीति सहज भइसकेको छैन,’ प्रचण्डले भने।

सरकारका क्रियाकलापले नागरिकमा निरासा बढ्दै गएको उनले उल्लेख गरे। ‘जनता झन झस्किए जस्तो देखिन्छ,’ उनले भने।

देशमा हुने राम्रो कामको मात्रै नभएर नराम्रा कामको पनि राजनीतिक नेतृत्वले जिम्मेवारी लिनुपर्ने उनको भनाइ थियो। सुनसरीको कप्तानगन्ज घटना’bout बोल्दै उनले भने, ‘बेथिति र अराजकताको जिम्मेवारी राजनीतिक नेतृत्वले लिनुपर्छ।’

तपाइको प्रतिक्रिया
(Visited 24 times, 1 visits today)

epaper

ताजा समाचार

सिरहाको लहान बजारमा पनि तनाव उत्पन्न,कर्फ्यु लगाउने तयारी