गृहमन्त्री पदबाट सुधनलाई हटाउन जेन–जी समूहको माग

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजिनामा दिनुपर्छ भनेर जेनजी समूह एक स्वरमा कराइरहेका छन् । मधेशमा भएका हिंसा, साम्प्रदायिक तनाव र सार्वजनिक सुरक्षा अवस्थाप्रति गैरजिम्मेवार बनेको भन्दै जेन–जी समूहले गृहमन्त्री गुरुङलाई पदबाट हटाउन माग गरेका हुन् ।

गृहमन्त्री गुरुङको पृष्ठभूमि विवादास्पद रहेको र पछिल्लो समय उनले भ्रमण गरेका क्षेत्रमा एकाएक हिंसात्मक द्वन्द्व फैलिएको उल्लेख गर्दै जेनजी मुभमेन्ट नेपालले यस्तो माग अघि सारेको हो । यस सन्दर्भमा मुभमेन्टले जेनजी आन्दोलनका क्रममा गुरुङले आन्दोलन भड्काएको र द्वन्द्व सिर्जना गरेको भन्ने राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन स्मरण गराएको छ ।

‘यस्तो पृष्ठभूमि भएका व्यक्तिलाई देशको गृह प्रशासनको नेतृत्वमा नियुक्त गर्नुले राज्यको निष्पक्षता, विधिको शासन र सार्वजनिक विश्वासमाथि गम्भीर प्रश्न खडा गरेको हाम्रो ठहर छ’, मुभमेन्टले वक्तव्य जारी गर्दै भनेको छ, ‘पछिल्लो समय गृहमन्त्री निरीक्षण वा भ्रमणमा जहाँजहाँ पुगेका थिए सोही क्षेत्रमा हिंसात्मक घटना र तनाव बढेको छ ।’

सुनसरीमा बिजुलीको लाइन काटेर गोली प्रहार गरी नागरिकको हत्या एवम् दर्जनौँ मानिसलाई अंगभंग बनाइएको बताउँदै वक्तव्यमा राज्यकै तर्फबाट देशलाई साम्प्रदायिक दंगामा लैजाने काम भएको आरोप उनीहरुले लगाइएका छन् ।

हेर्नुस् विज्ञप्ति जस्ताको त्यस्तै

तपाइको प्रतिक्रिया
(Visited 259 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधानमन्त्री शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै