काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले काठमाडौं महानगरपालिकासँग सहकार्य विस्तार गर्दै सहरी पूर्वाधार, सौर्य ऊर्जा र वातावरणीय व्यवस्थापनसँग सम्बन्धित विभिन्न कार्यक्रम संयुक्त रूपमा अघि बढाउने प्रस्ताव गरेका छन् ।
मन्त्रालयमा आज काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलसँग ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको छलफलमा मन्त्री श्रेष्ठले महानगर क्षेत्रमा भूमिगत पानी पुनर्भरण (ग्राउन्ड वाटर रिचार्ज) प्रणाली, सौर्य सडक बत्तीको विस्तार र व्यवस्थापनका साथै सम्पदा क्षेत्रमा सम्पदा मैत्री विद्युतीकरणको नमुना विकास तथा फोहोर व्यवस्थापनसँगै ऊर्जा उत्पादन गर्ने ‘वेस्ट टु इनर्जी’ परियोजनामा सहकार्य गर्न प्रस्ताव गरेका हन् ।
मन्त्री श्रेष्ठले ती कार्यक्रमहरू कार्यान्वयनका लागि ऊर्जा मन्त्रालय र काठमाडौं महानगरपालिकाबीच संस्थागत समन्वय आवश्यक रहेको उल्लेख गर्दै संयुक्त प्रयासबाट सहरी सेवा प्रवाहलाई थप प्रभावकारी र दिगो बनाउन सकिने धारणा राखे ।
छलफलका क्रममा कार्यवाहक प्रमुख डङ्गोलले मन्त्री श्रेष्ठको प्रस्तावलाई सकारात्मक रूपमा लिँदै महानगरपालिकाले सम्बन्धित विषयमा आन्तरिक तयारी गरी विस्तृत कार्य योजनासहित मन्त्रालयमा प्रस्ताव पेश गर्ने बताए ।
छलफलमा काठमाडौं महानगरको दिगो सहरी विकास, स्वच्छ ऊर्जा प्रवर्धन, वातावरण संरक्षण तथा आधुनिक पूर्वाधार निर्माणका क्षेत्रमा दुवै निकायबीच सहकार्यलाई संस्थागत रूपमा अघि बढाउने विषयमा सहकार्य गर्ने सहमति भएको छ ।
सम्बन्धित समाचार
महिला उद्यमीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह
सङ्घीय सांसदलाई सम्पत्ति विवरण बुझाउन आग्रह
आज दुई वटा संसदीय समितिको बैठक बस्दै
मन्त्रालय घटेसँगै दरबन्दी व्यवस्थापनमा जोड
वर्षायाममा किन आवश्यक छ विशेष सावधानी ?
कर्णालीमा मंगलबहादुर शाही बन्दैछन् मुख्यमन्त्री
‘गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
सुनसरी घटना शान्त पार्न ९ दलको साझा अपिल






