अभिनेत्री शिल्पा सेट्ठी काठमाडौंमा

काठमाडौँ । बलिउड अभिनेत्री शिल्पा सेट्ठी एक अन्तर्राष्ट्रिय सम्मेलन तथा अवार्ड कार्यक्रममा सहभागी हुन काठमाडौँ आइपुगेकी छन् ।

सोल्टी होटलमा सुरु भएको ईएमएफ एसीई ग्लोबल कन्भेन्सन एण्ड अवार्ड २०२६ मा सहभागिताका लागि उनी नेपाल आएकी हुन् । दुई दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रममा शिल्पासहित भारतीय चलचित्र क्षेत्रका अन्य चर्चित कलाकारहरूको पनि सहभागिता रहने जनाइएको छ ।

कार्यक्रममा बलिउड अभिनेता शक्ति कपुर र विक्रान्त मेसी पनि सहभागी हुने बताइएको छ भने नेपाली अभिनेत्री मनीषा कोइरालाको समेत उपस्थिति रहनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 131 times, 1 visits today)

epaper

ताजा समाचार

सरकारले प्रदेशको अधिकार उच्च प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री