काठमाडौं । दुबईस्थित नेपालको महावाणिज्यदूतावासले सेवा सञ्चालनको एक वर्ष पूरा हुन लागेका अवसरमा युएईस्थित गैरआवासीय नेपाली संघ (एनआरएनए), नेपाली समाजलगायत विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिसँग शुक्रबार छलफल गरेको छ ।
कार्यक्रममा महावाणिज्यदूतावासको सेवा प्रवाह, राहदानी तथा कन्सुलर सेवा, श्रमिकको हित संरक्षण, आपत्कालीन सहायता तथा नेपाली समुदायसँग सम्बन्धित विविध विषयमा सुझाव आदानप्रदान भएको महावाणिज्यदूतावासले जनाएको छ ।
छलफलमा सहभागी विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले सेवा प्रवाहलाई थप प्रभावकारी, सहज र समुदायमैत्री बनाउन सुझाव दिएका थिए ।
त्यस अवसरमा महावाणिज्यदूत हरिप्रसाद ओडारीले प्राप्त सुझाव आफ्ना निम्ति मार्गदर्शक हुने बताउँदै सबै सहभागीप्रति आभार व्यक्त गरे। साथै, उनले नेपाली समुदायसँगको सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे ।
सरकारले संयुक्त अरब इमिरेट्स ९युएई०मा रहेका विशेषगरी दुबई तथा उत्तरी इमिरेट्समा बसोबास गर्ने नेपाली नागरिकलाई कन्सुलर सेवा सहज रूपमा उपलब्ध गराउने तथा उनीहरूको हित संरक्षण गर्ने उद्देश्यले दुबईमा महावाणिज्यदूतावास स्थापना गरेको हो ।
महावाणिज्यदूतावासले राहदानी नवीकरण, यात्रा अनुमतिपत्र जारी, कागजात प्रमाणीकरण, श्रमसम्बन्धी सेवा तथा आपत्कालीन कन्सुलर सहायता उपलब्ध गराउँदै आएको छ ।
सम्बन्धित समाचार
आन्दोलन फिर्तासँगै आजबाट अस्पतालमा नियमितरूपमा सबै सेवा सुचारु
स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा प्याकुरेल नियुक्त
शाहीले लिए मुख्यमन्त्रीको शपथ, मन्त्री नियुक्त भएनन्
बागमतीका मुख्यमन्त्री बानियाँले विश्वासको मत लिने
ब्रोड पिकमा बेपत्ता आरोहीको खोजी गर्न सरकारको आग्रह
अव्यवस्थित तार व्यवस्थापन पूरा गर्न आइस्पानलाई अन्तिमपटक १५ दिन थप, अब म्याद नथपिने
दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ
महेन्द्र कार्कीद्वारा गौशालामा ३ सय जनालाई खीर भोजन






