अम्मान । मध्यपूर्वका धेरै राजधानीमा रहेका अमेरिकी दूतावासहरूले अमेरिकी नागरिकहरूलाई क्षेत्रीय द्वन्द्वमा ‘अनपेक्षित तीव्रता’ बढ्न सक्ने’bout सचेत गराउँदै त्यहाँबाट प्रस्थान गर्न तयार रहन आग्रह गरेका छन् ।
‘क्षेत्रमा रहेका अमेरिकीहरूले प्रस्थान गने सोच बनाइराख्नुपर्छ वा युद्धको तीव्रता बढेमा प्रस्थान गर्न तयार रहनुपर्छ,’ सुरक्षा सतर्कतामा भनिएको छ । अम्मान, जेरुसेलम, मस्कट, बगदाद र बेरुतस्थित अमेरिकी मिसनहरूले यो सूचना सामाजिक सञ्जालमार्फत् पोस्ट गरेका छन् ।
सन्देशमा नागरिकहरूलाई उडान विवरण जाँच गर्न र स्थानीय अधिकारीहरूको सुरक्षा सल्लाह पालना गर्न आग्रह गरिएको छ ।
‘मध्यपूर्वमा हाल रहेका अमेरिकीहरूले सावधानी र उच्च सतर्कता अपनाउनुपर्छ तथा उडान रद्द हुनसक्ने, समय–समयमा हवाई क्षेत्र बन्द हुनसक्ने र सम्भावित यात्रा व्यवधानका लागि तयार रहनुपर्छ,’ यसमा भनिएको छ ।
जोर्डनमा रहेका अमेरिकीहरूलाई हालै इरानी मिसाइल आक्रमणको निसाना बनेका त्यहाँका अमेरिकी सैन्य आधारहरूमा नजान भनिएको छ । इजरायलमा रहेकालाई नजिकको सुरक्षित आश्रयस्थलको खोज्न आग्रह गरिएको छ ।
अमेरिकी दूतावास जेरुसेलमको वेबसाइटमा पोस्ट गरिएको सन्देशमा भनिएको छ, ‘यहाँका विभिन्न क्षेत्रहरूमा बिना चेतावनी वा उत्तेजक आक्रमण गर्ने तथा इजिप्टजस्ता पहिले निसाना नबनेका क्षेत्रहरूमा आक्रमण विस्तार गर्ने हालैका निर्णयहरूबाट इरानी शासन अप्रत्याशित छ भन्ने देखिएको छ ।’
बेरुतस्थित अमेरिकी दूतावासले मिसन अझै ‘तोकिएको स्थान’ मा रहेको बताएको छ, जसको अर्थ गैर–आकस्मिक अमेरिकी सरकारी कर्मचारीहरू अझै लेबनान बाहिर रहेका छन् ।
बुधबार इजिप्टको एउटा बन्दरगाहमा बाँधिएको अमेरिकी स्वामित्वको ग्यास जहाजमा ड्रोन आक्रमण भएको थियो । आक्रमणबाट जहाजमा आगो लागेको थियो । इजिप्टले यस घटना’bout अनुसन्धान गरिरहेको बताएपनि अहिलेसम्म कुनै समूहलाई आक्रमणको आरोप लगाएको छैन ।
यसैबीच इरानको सेनाले वासिङ्टनलाई क्षेत्रमा ‘तनाव बढाएको’ आरोप लगाउँदै चेतावनी दिएको छ, ‘अपराधी र आक्रामक अमेरिकाको रक्षात्मक ढालको रूपमा काम गर्ने कुनै पनि देश युद्धमा तानिने छ ।’
यो साता इरान र अमेरिकाबीच केही दिनको शान्तिपछि रातभरि गोलीबारी पुनः सुरु भएको थियो, यद्यपि शुक्रबार रातिदेखि शनिबारसम्म कुनै आक्रमणको रिपोर्ट भएको छैन ।
मध्यपूर्व युद्ध २८ फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेका दिनदेखि सुरु भएको थियो । इरानले खाडी क्षेत्रभरि मिसाइल र ड्रोन आक्रमण गरेर आक्रमणको जवाफ दिएको छ ।
सम्बन्धित समाचार
दर्जनौँ व्यापार साझेदार मुलुकलाई असर गर्ने गरी नयाँ शुल्क घोषणा गर्ने तयारीमा अमेरिका
अमेरिकी आक्रमण र इरानी चेतावनीसँगै तनाव उत्कर्षमा
अमेरिकाले इरानमाथिको आक्रमण रोक्यो, कारणसम्बन्धी फरक–फरक रिपोर्ट
इजरायलमा नेतान्याहुको लोकप्रियता घट्दो, आइसेनकोटलाई प्रधानमन्त्री देख्न चाहने बढी
अमेरिकी आक्रमणपछि इरानको प्रतिकार तीव्र
‘जनकपुरमा लफडा गृहमन्त्रीको फोन अफ !’
कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध






