काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पदबाट हटाउने पहल थालेका छन् । उनले यो जिम्मा कोशीकै पूर्वमुख्यमन्त्री शेरधन राईलाई दिएका छन् । राई कोशी प्रदेश इन्चार्ज हुन् ।
राई पछिल्ला दुई दिनदेखि विराटनगरमै बसेर यस विषयमा सक्रिय रहेको बताइएको छ । राईले मुख्यमन्त्री कार्कीसँग भेट गरी अध्यक्ष ओलीको सन्देश सुनाएका थिए । भेटमा उनले कार्कीलाई राजीनामा दिन आग्रह गरेको बताइएको छ ।
तत्काल राजीनामा नदिने कार्कीले राई समक्ष अडान दोहो¥याएको बताइन्छ । संविधानको धारा १६८(५) अनुसार आफू मुख्यमन्त्री बनेको भन्दै उनले राजीनामाले संवैधानिक जटिलता निम्त्याउन सक्ने तर्क गरेका छन् । राजीनामा दिँदा संवैधानिक संकट आउन सक्छ । यस विषयमा पार्टी सचिवालयले निर्णय लिनुपर्छ,’ कार्कीले भने । अहिले सचिवालयमा अध्यक्ष ओली अल्पमतमा छन् ।
एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलसँगको छलफलपछि कार्कीलाई निरन्तरता दिने सहमति बने पनि पछिल्लो समय परिस्थिति फेरिएको स्रोतको दाबी छ ।
सम्बन्धित समाचार
बागमती सरकारबाट बाहिरियो एमाले
मधेसका अर्थमन्त्रीसहित सातजना विरुद्ध ३९ करोडको भ्रष्टाचार मुद्दा
प्रधानमन्त्रीले आज निर्यातजन्य उद्योग–व्यवसायसँग आबद्ध व्यवसायीसँग छलफल गर्दै
रास्वपामा मनोनयनको ‘महाभारत’
काँग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
कर्णालीको मुख्यमन्त्रीमा नेकपा नेता शाहीको दाबी पेस
कर्णालीमा मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
अझै देशको राजनीति सहज भइसकेको छैन : नेकपा संयोजक प्रचण्ड






