बर्दिया । दुर्घटनामा परेका आफ्नै साथीको हत्या गर्ने चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गत साउन १५ गते राति करिब २ बजे बर्दियाको ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वाराबाट हात्तीसारतर्फ जाँदै गरेको लुप्र००१–०१२ प ०८२५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा डोटी, शिखर नगरपालिका– ४ तिनाडी स्थायी घर ठाकुरबाबा नगरपालिका– ७ कालीगौडी बस्दै आएका करिव २० वर्षीय गोविन्द जैसी घाइते भएका थिए ।
मोटरसाइकलको पछाडि बसेका ठाकुरबाबा– ९ बेथहनी गाउँका २७ वर्षीय आशाराम थारु घटनापछि सम्पर्कविहीन भएका थिए ।
प्रहरीले घटनाको अनुसन्धानका क्रममा साउन १७ गते ठाकुरद्वाराबाट कुशलपुरतर्फ जाने सिँचाइ नालामा घोप्टो परेको अवस्थामा आशाराम थारुको शव फेला परेको थियो ।
दुर्घटनापछि घाइते अवस्थामै रहेका आशारामलाई उद्धार गर्नुको सट्टा चालक गोविन्द जैसीले निर्माणाधीन घरको सटरिङको काठ र मोटरसाइकलको चाबीले प्रहार गरी आशारामले लगाएको माला र डोरीले घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ । हत्यापछि आशारामको शव सिँचाइ नालामा फाले, आफू त्यहाँबाट भागे ।
प्रहरीले घटनामा संलग्न गोविन्द जैसीलाई पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको छ ।
सम्बन्धित समाचार
चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
एमाले दाङका पूर्वअध्यक्ष बस्नेतको निधन
तीस महिनामा सम्पन्न हुनुपर्ने ६२ किमी हुलाकी सडक दस वर्षमा बनेन
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
मनसुन विपद्ः बितेका २४ घण्टामा एक जनाको मृत्यु, २० जना घाइते
आगामी तीन दिन मनसुन सक्रिय, सतर्कता रहन आग्रह
गत आवमा १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार






