काठमाडौं । मनसुनजन्य विपद्का कारण पछिल्ला २४ घण्टामा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए)का अनुसार शुक्रबार बिहान १०ः ००देखि शनिबार बिहान १०ः०० बजेसम्म देशका २५ जिल्लामा ३४ वटा विपद्का घटना भएका छन् । ती घटनामध्ये एकमा सर्पले डस्दा एक जनाको मृत्यु भएको र २० जना घाइते भएका हुन् ।
उक्त अवधिमा सर्पदंशका १४, आगलागीका ११, पहिरोका छ र जनावर आक्रमणका तीन घटना भएका छन् । ती घटनाबाट रु २७ लाख २५ हजार बराबरको अनुमानित क्षति भएको छ । साथै, दुई स्थानमा सडक अवरुद्ध भएको र १८ चौपायाको क्षति भएको छ ।
यसैबिच, प्राधिकरणले गत वैशाख १ देखि आज बिहानसम्म देशभर चार हजार ५३ वटा विपद्का घटना भएका, ती घटनामा १९६ जनाको मृत्यु, चार जना बेपत्ता र एक हजार २९१ जना घाइते भएका जनाएको छ । विपद्बाट पाँच हजार १८८ परिवार प्रभावित भएका छन् ।
सम्बन्धित समाचार
हेटौंडाबाट काठमाडौं जाने रात्रिकालीन सवारी सञ्चालनमा रोक
आर्थिक गतिविधि विस्तारमार्फत जिडिपी बढाउने मधेसको योजना
उदयपुर सिमेन्ट महाप्रबन्धकविहीन, ६ करोडको सिमेन्ट अझै गोदाममै
सुनसरीमा हटाइयो कर्फ्यू
पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध
खाद्य निरीक्षक राखेर बजार अनुगमन गर्न सरकारको आग्रह
उच्च अदालत वीरगञ्जको २९ प्रतिशत मुद्दा फछ्र्योट गर्न बाँकी
गृहमन्त्री गुरुङसहितको सरकारी टोली र हिन्दूवादी प्रतिनिधिबीच १३ बुँदे सहमति






