काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार र बेथितिका सम्बन्धमा उजुरी पठाउन खुला आह्वान गरेको छ । नेपाल रेडक्रस सोसाइटीले आज पत्रकार सम्मेलन गरी रेडक्रसका कुनै पनि निकायमा बेथिति तथा अनियमितता भएको भएमा उजुरी गर्न सबैमा आह्वान गरेको हो ।
आगामी ३ भदौसम्म उजुरी दिन रेडक्रसले आग्रह गरेको छ । सम्मेलनमा उजुरी तथा गुनासो अध्ययन छानबिन समितिका संयोजक डा. दीपेश घिमिरेले संस्थामा अहिलेसम्म भएका अनियमितता तथा गुनासो छानबिन गरी आगामी दिनमा संस्थालाई पारदर्शी बनाउने र सुशासन सुनिश्चित गर्नका लागि उजुरी आह्वान गरिएको बताए ।
उनका अनुसार रेडक्रसको पुरानो साख पुनर्जीवित गर्ने उद्देश्यका साथ यो निर्णय लिइएको हो । उनले यसअघि दिएको ३५ दिनको म्याद सकिएको र पुनः २० दिन थप गरिएको जानकारी दिँदै आगामी ३ भदौसम्ममा तथ्य र प्रमाणसहित कार्यालयको आधिकारिक इमेल र अन्य ठेगानामा अनियमितता, भ्रष्टाचार तथा बेथिति सम्बन्धमा उजुरी पठाउन आह्वान गरे ।
संयोजक घिमिरेले उजुरी गर्ने व्यक्तिले आफ्नो पहिचान गोप्य राख्न चाहेमा संस्थाले गोपनीयताको संरक्षण गर्ने प्रस्ट पार्दै उजुरी गर्नका लागि इमेलः [email protected], निःशुल्क हटलाइन नम्बर ११३० तथा ह्वाट्सएप नम्बर ९७४१६९५०९७ मासमेत उजुरी गर्न सकिने व्यवस्था गरिएको जानकारी दिए । उनले प्राप्त हुने सबै सूचना तथा उजुरीलाई निष्पक्ष, स्वतन्त्र तथा गोपनीय ढंगले व्यवस्थापन गरिने उल्लेख गरे ।
सम्बन्धित समाचार
अख्तियारबाट खोसिदै नक्कली प्रमाणपत्र अनुसन्धान अधिकार
नास्पातीको क्रेटभित्र ठूलो परिमाणमा गाजा जस्तो सामान, तीन जना पक्राउ
पीआर लिएका दुई नापी अधिकृतलाई कारबाही सिफारिस
बागमती प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको घटेन भाडा
राष्ट्रिय परिचयपत्रको सिस्टम खरिदमा कानुनी प्रश्न
आश्रयविहीनहरूको सहारा बन्दै मानवसेवा आश्रम
एकै व्यक्तिले गरे झण्डै दुई अर्ब रुपैयाँबराबरको हुण्डी कारोबार, बैंकिङ कारोबार विश्लेषणपछि पक्राउ
आन्दोलन फिर्तासँगै आजबाट अस्पतालमा नियमितरूपमा सबै सेवा सुचारु






