काठमाडौं । सरकारले सुनसरी र सिरहामा हालै भएका प्रदर्शनका क्रममा ज्यान गुमाएका तथा घाइते भएकाहरूलाई क्षतिपूर्ति, राहत र उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आजको बैठकले सो निर्णय गरेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले बताइन् ।
बैठकले विश्वविद्यालय अनुदान आयोगको रिक्त अध्यक्षमा प्रा डा खड्गबहादुर केसी (पर्वत) र सचिवमा प्राध्यापक डा रोजी श्रेष्ठ (भोजपुर)लाई नियुक्त गर्ने निर्णय गरेको छ ।
त्यसैगरी, बैठकले तथ्यांक (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ । नेपाल इन्टरमोडेल यातायात विकास समिति गठन आदेश, २०५४ खारेज गर्ने र नेपाल इन्टरमोडल यातायात विकास समितिलाई नेपाल पारवाहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्ने निर्णय भएको छ ।
यसैगरी, पशुवधशाला र मासु जाँच ऐन, २०५५ चरणबद्ध रूपमा देशभर लागू गर्ने, बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ सङ्घीय संसद्समक्ष पेस गर्ने निर्णय भएको छ ।
सम्बन्धित समाचार
सर्वोच्चका ३ न्यायाधीशलाई राजीनामा दिन दबाब, महाभियोगको धम्की !
सर्वोच्च अदालतका ४ न्यायाधीशविरुद्ध महाअभियोगको तयारी, ६८ सांसदको हस्ताक्षर, मस्यौदा तयार
एमाले र नेकपाबीच तीनबुँदे सहमति
कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलद्वारा राजीनामा
एमाले–नेकपा समीकरणपछि कांग्रेसले गर्यो सातै प्रदेशका नेतासँग परामर्श
प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो
गृहमन्त्री पदबाट सुधनलाई हटाउन जेन–जी समूहको माग
कांग्रेस पूर्वसभापति देउवा २३ साउनमा फर्किने






