काठमाडौं । बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले ले विभिन्न ७ निर्णय गरेको छ । उक्त निर्णय सरकारका प्रवक्ता तथा शिक्षा र खेलकुदमन्त्री सस्मित पोखरेलले पढेर सुनाएका थिए ।
१. तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने।
२. लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा श्री याङकी उक्याव, काठमाडौंलाई नियुक्ति गर्ने।
३.नेपाल इन्टरमोडल यातायात विकास समिति गठन आदेश, २०५४ खारेज गर्ने र नेपाल इन्टरमोडल यातायात विकास समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्न स्वीकृति दिने।
४. पशु वधशाला र मासु जाँच ऐन, २०५५ चरणवद्ध रूपमा नेपाल राज्यभर लागु गर्ने।
५. बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक २०८३ सङ्घीय संसद समक्ष पेस गर्न स्वीकृति प्रदान गर्ने।
६. विश्वविद्यालय अनुदान आयोगको रिक्त अध्यक्ष पदमा प्रा. डा. खड्ग बहादुर के. सी., पर्वत र सचिव पदमा प्रा. डा. रोजी श्रेष्ठ, भोजपुरलाई नियुक्ति गर्ने।
७. सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यू हुने र घाइतेहहरूलाई क्षतिपूर्ति, राहत, उपचारको व्यवस्था गर्ने।
सम्बन्धित समाचार
सर्वोच्चका ३ न्यायाधीशलाई राजीनामा दिन दबाब, महाभियोगको धम्की !
सर्वोच्च अदालतका ४ न्यायाधीशविरुद्ध महाअभियोगको तयारी, ६८ सांसदको हस्ताक्षर, मस्यौदा तयार
एमाले र नेकपाबीच तीनबुँदे सहमति
कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलद्वारा राजीनामा
एमाले–नेकपा समीकरणपछि कांग्रेसले गर्यो सातै प्रदेशका नेतासँग परामर्श
प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो
गृहमन्त्री पदबाट सुधनलाई हटाउन जेन–जी समूहको माग
कांग्रेस पूर्वसभापति देउवा २३ साउनमा फर्किने






