काठमाडौं । दक्षिण कोरियाका राजदूत पार्क तइयोङले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
बुधबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा परराष्ट्रमन्त्री खनालले नेपाल र दक्षिण कोरियाबीच कनेक्टिभिटी बढाउनुपर्ने बताए। उनले दुई मुलुकबीचको सम्बन्धका प्राथमिकतामा व्यापार, स्वास्थ्य र शिक्षा क्षेत्रलाई राख्नुपर्नेमा जोड दिए।
‘लगानीका लागि हामीले विभिन्न क्षेत्रको पहिचान गर्नुपर्छ। अहिले हामी ऊर्जा र उत्पादनको क्षेत्रमा छौँ। अब हामीले अन्य क्षेत्रमा पनि जोड दिनुपर्छ,’ खनालले भने।
शिक्षा क्षेत्रमा अनुसन्धान संस्थाहरूबीच सहकार्य गर्नुपर्नेमा पनि उनले जोड दिए। यससँगै परराष्ट्रमन्त्री खनालले दक्षिण कोरियाले सञ्चालन गर्दै आएको रोजगार अनुमति प्रणाली (ईपीएस) कार्यक्रम दुई मुलुकबीचको सम्बन्धको नमुना रहेको बताए। उनले ईपीएसले नेपाल र दक्षिण कोरियाबीच जनस्तरको सम्बन्धमा समेत सकारात्मक प्रभाव पारेको उल्लेख गरे।
आफ्नो तीन वर्षे कार्यकाल पूरा गरी स्वदेश फर्कन लागेका राजदूत पार्कले नेपालमा रहेर गरेको कामको परराष्ट्रमन्त्री खनालले प्रशंसा गरे।
त्यस्तै, राजदूत पार्कले आफू जहाँ गए पनि नेपाललाई कहिल्यै नबिर्सने बताए। उनले नेपालको सांस्कृतिक विविधताको प्रशंसा गरे।
सम्बन्धित समाचार
वीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, गगन थापाले गरे शुभारम्भ
प्रधानमन्त्रीले बोलाए हस्तकला महासंघका प्रतिनिधि
प्रधानमन्त्तीले बोलाए मन्त्रिपरिषद् बैठक
अन्यौलमा ओली–प्रचण्ड सत्ता सहमति
रास्वपाका सभापति लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः लामिछाने
प्रधानमन्त्री शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै
पत्रकारको प्रश्नमा किन रिसाए प्रचण्ड ?






