काँग्रेस नीति प्रतिष्ठानमा ६ नयाँ उपसमिति गठन

काठमाडौँ । नेपाली काँग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले थप ६ वटा उपसमिति गठन गरेको छ । प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माले पार्टी सभापतिसँगको परामर्शमा प्रतिष्ठानअन्तर्गत गठन भएका उपसमितिको कामलाई प्रभावकारी बनाउन नयाँ संरचना थप गर्दै संयोजकको जिम्मेवारी तोकेका हुन् ।

प्रतिष्ठानअन्तर्गत हालसम्म ३१ वटा उपसमिति गठन भएका छन् । ती उपसमितिहरूमार्फत पार्टीको नीति निर्माण, अध्ययन, अनुसन्धान तथा विभिन्न क्षेत्रसँग सम्बन्धित विषयमा सुझाव संकलन गर्ने उद्देश्य राखिएको छ । नयाँ गठन भएका उपसमितिमध्ये अन्तर्राष्ट्रिय सम्बन्ध, समन्वय एवं सामयिक दृष्टि उपसमितिको संयोजकमा सुमित शर्मा ‘समीर’लाई जिम्मेवारी दिइएको छ ।

तोकियो संयोजकको जिम्मेवारी

त्यस्तै, उपभोक्ता अधिकार, अवस्था र न्याय समन्वय उपसमितिको संयोजक कैलाश केसी, यौनिक तथा लैंगिक अल्पसंख्यक सम्बन्धी नीति तथा कार्ययोजना उपसमितिको संयोजक प्रतीक्षा चापागाईँलाई तोकिएको छ । ज्येष्ठ नागरिक सेवा एवं गरिमा उत्थान उपसमितिको नेतृत्व अनुपा श्रेष्ठले गर्नेछिन् भने सिमान्तीकृत वर्ग र समुदाय : संवाद तथा सशक्तीकरण उपसमितिको संयोजकको जिम्मेवारी नरेन्द्र पासवानलाई दिइएको छ ।

यसैगरी स्थानीय तह सुशासन अध्ययन, अनुगमन तथा नीतिगत सुधार उपसमितिको संयोजकमा डोलराज भुसाललाई तोकिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले गठन गरेका उपसमितिहरूले सम्बन्धित क्षेत्रको अध्ययन, छलफल र नीतिगत सुझाव तयार गर्ने कार्य गर्ने जनाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 36 times, 1 visits today)

epaper

ताजा समाचार

न्यायाधीशलाई राजीनामा दिन दबाब पारिएको भन्ने प्रचार भ्रामकः मन्त्री गौतम