३ युवाको सकुशल उद्धार

तस्बीर सांकेतिक मात्र हो ।

पोखरा । कास्कीको मर्दी पदयात्रामा निस्किएका ३ जना युवाको सकुशल उद्धार गरिएको छ । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको प्रयासमा बिहीबार बिहान डोरीको सहयोगमा उनीहरुको सकुशल उद्धार गरिएको छ ।

पोखरा–१४, खसीबजारका २४ वर्षीय अजित जिसी, २३ वर्षीय युकेश गुरुङ र २६ वर्षीय करण लामा ३ दिनदेखि सम्पर्कविहीन भएका थिए । अन्नपूर्ण गाउँपालिका वडा ११, छोमरोङको पिंधस्थित मोदी खोलाको पारिपट्टि उनीहरु बुधबार साँझ सकुशल भेटिएका हुन् । उनीहरुले २ दिनसम्म ओढारमा रात बिताउन बाध्य भएका थिए ।

बाटो बिराएर भिर र जंगलको बीचमा पर्ने मोदी खोलाको किनारमा उनीहरु पुगेका थिए । तर अविरल वर्षासँगै मोदी खोलामा पानीको अत्यधिक बहावले तत्काल उद्धार सम्भव हुन सकेको थिएन ।

तपाइको प्रतिक्रिया
(Visited 23 times, 1 visits today)

epaper

ताजा समाचार

सशस्त्र प्रहरीका १० डिएसपीको सरुवा, हेर्नुहोस् सूची