पाल्पा । यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले अघिल्लो आर्थिक वर्ष भन्दा २ करोड बढी राजश्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०८१–०८२ मा २० करोड १९ लाख २० हजारबाट बढेर आर्थिक वर्ष २०८२–०८३ मा २२ करोड १७ लाख ७१ हजार राजश्व सङ्कलन भएको छ ।
कार्यालयले विभिन्न ९ वटा शीर्षकमा राजश्व सङ्कलन गर्ने गर्दछ । सवारी साधन कर १७ करोड २९ लाख ८ हजार, प्रशासनिक सेवा शुल्क १ लाख २७ हजार, सवारी नवीकरण १ करोड १२ लाख ८३ हजार, सवारी चालक अनुमति पत्र शुल्क २ करोड ८७ लाख ९९ हजार, यातायात क्षेत्रको आम्दानी २६ लाख ६८ हजार, आयकर ५९ लाख ८४ हजार राजश्व सङ्कलन भएको कार्यालयका निमित्त प्रमुख श्रीराम पाण्डेले बताए ।
आर्थिक वर्ष २०८२-०८३ मा ३५ हजार १ सय ४६ वटा निजी र सरकारी सवारी साधन नवीकरण भएका छन् । १ हजार ५ सय ७१ वटा सवारी साधनको स्थायी बाटो इजाजत पत्र रुट नवीकरण भएको छ । १ हजार ३ सय ६२ वटा सार्वजनिक सवारी साधनको प्राविधिक जाँच पास र ५ हजार सवारी साधनले अस्थायी बाटो इजाजत पत्र पटके सेवा लिएका छन् ।
गत आर्थिक वर्षमा ७ हजार ७ सय ७३ जनाले नयाँ सवारी चालक अनुमति पत्रको लागी दर्ता गरेकोमा ६ हजार ३ सय ९८ जना लिखित परीक्षामा पास भएका छन् । एक वर्षको अवधिमा ५ हजार ५ सय ४१ वटा नयाँ सवारी चालक अनुमति पत्र जारी भएको छ । सवारी अनुमति पत्र ट्रायल परीक्षामा ११ हजार ३ सय ७ जना सहभागी भएकोमा ५ हजार ८१ जना उर्तिण भएका छन् । ३ हजार ६ सय १० जनाले रिट रायल परीक्षा लिइएको कार्यालयले जनाएको छ ।
एक वर्षको अवधिमा एक सय १४ वटा लिखित परीक्षा र ३४ वटा ट्रायल परीक्षा भएको थियो । यस कार्यालयबाट दुई पाङ्ग्रे स्कुटर, मोटरसाइकल र चार पाङ्ग्रे जिप, कार भ्यानको चालक अनुमति पत्र प्रदान गरिएको छ ।
चालक अनुमति पत्रमा वर्ग थपको लागी १ हजार ५ सय ६२ जनाले आवेदन दिएकोमा ६ सय ४९ जनाको वर्ग थप भएको छ । सवारी चालक अनुमति पत्र नवीकरण ४ हजार ५ सय ५१ जना र प्रतिलिपि ४ जनाले लिएका छन् । सबै कसिमका सवारी साधन चालक अनुमति पत्र नवीकरण र स्थायी अस्थायी रुट प्रदान लगायतका सेवा प्रदान भएका छन् ।
सम्बन्धित समाचार
प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न अर्थमन्त्रीको आग्रह
सुन तोलामा १ हजार ६ सय रुपैयाँ बढ्यो
युटिएल लाइसेन्स होल्ड प्रकरण: प्राधिकरणको बदमासी, तीन पूर्वमन्त्री शंकाको घेरामा
ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था
समस्याग्रस्त र राम्रा सहकारीलाई एउटै दृष्टिकोणले हेर्नु हुँदैनः मन्त्री रायमाझी
भन्सार सुधारमा पछि हट्नु राष्ट्रहितविपरीत हुने भन्सार एजेन्ट महासंघको ठहर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
आज एक अमेरिकी डलर किन्न तिर्नुपर्छ १५२ रुपैयाँ ९१ पैसा






