जुम्ला । यातायात व्यवस्था सेवा कार्यालयले गत आर्थिक वर्ष २०८२८३ मा कुल एक करोड ९४ लाख ४४ हजार राजस्व जम्मा गरेको छ ।
आव २०८१÷८२ भन्दा गत आवमा करिब रु ५० लाख बढी राजस्व जम्मा भएको छ । चालक अनुमतिपत्र, सवारीसाधनको सङ्ख्यामा वृद्धि र सेवाप्रवाह छिटोछरितो भएकाले राजस्व बढेको यातायात व्यवस्था सेवा कार्यालयले जनाएको छ ।
पकेट तथा रुट परमिटबाट रु १८ लाख ८८ हजार सवारी दर्ता किताब दस्तुरबाट रु ६४ लाख ९२ हजार, अग्रिम आयकरमार्फत ६ लाख ६८ हजार, बेरुजु असुली एक हजार ५७५ र सवारीसाधन करबाट रु एक करोड ३९ लाख तीन हजार राजस्व जम्मा भएको कार्यालय प्रमुख राजेन्द्र कार्कीले बताए।
सोही अवधिमा मोटरसाइकल, स्कुटर र मोपेड वर्ग (ए) अन्तर्गत १८८ वटा, कार, जिप, डेलिभरी भ्यान वर्ग (बी) अन्तर्गत ३८ र चालक अनुमतिपत्र प्रतिलिपि तथा नवीकरण ३९४ गरी जम्मा ६२० वटा लाइसेन्स वितरण गरिएको छ ।
सम्बन्धित समाचार
शाहीले लिए मुख्यमन्त्रीको शपथ, मन्त्री नियुक्त भएनन्
भरतबन्धु थापाको ‘प्याराडाईज बागमती’ सार्वजनिक
निर्माण व्यवसायी महासंघ कर्णालीको अध्यक्षमा बम निर्वाचित
७ करोड २५ लाख बाँड्ने सरकारको निर्णय गैरकानुनी !
पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन
अर्थमन्त्री डा. वाग्लेले नेपाल राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकसँग छलफल गर्दै
लोपोन्मुख राउटे समुदायकी एक महिलाको मृत्यु
राजस्व सुरक्षा र व्यापार सहजीकरणमा भन्सार एजेन्ट महासंघको प्रतिबद्धता






