काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँगको भेटमा भारतीय राजदूत नवीन श्रीवास्तले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुभकामना सन्देश हस्तान्तरण गरेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता भएको छ। भेटवार्ताका क्रममा भारतीय प्रधानमन्त्री मोदीको शुभकामना सन्देश हस्तान्तरण गरेको राजदूत श्रीवास्तवले उल्लेख गरेका छन् ।
प्रधानमन्त्री शाहसँगको शिष्टाचार भेट’bout सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भारतीय राजदूत श्रीवास्तवले द्विपक्षीय हितका विषयमा छलफल भएको जनाएका छन् । ‘भारत र नेपालबीचको मजबुत एवं बहुआयामिक साझेदारीलाई अझ सुदृढ बनाउने विषयमा फलदायी र सकारात्मक छलफल भयो,’ श्रीवास्तवले लेखेका छन्।
प्रधानमन्त्री शाहको सचिवालयले पनि भेटवार्ताका क्रममा नेपाल(भारतबीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको जनाएको छ।
सम्बन्धित समाचार
यस्तो बेलामा पनि प्रधानमन्त्री ठालू भएको बस्ने हो भन्दै सभापति थापाको प्रश्न
रविले थाले कोशी र मधेश प्रदेशका सांसदहरूसँग छलफल
म संघीयता विरोधी होइन : प्रधानमन्त्री शाह
सुशासनलाई सुदृढ बनाउन अग्रजहरूको आदर्शलाई आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
कोरियाली राजदूत पार्कद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा
राजनीतिक नियुक्तिमा फेरि मनोमानी






