म संघीयता विरोधी होइन : प्रधानमन्त्री शाह

काठमाडौं । मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि उठाएका छन् । प्रधानमन्त्रीलाई भेटेर बाहिरिने क्रममा चितवन महाधिवेशनले सङ्घीयता विरोधी प्रस्ताव पारित गरेको विषय आफूले उठाएको राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले बताए ।

आफूले सङ्घीयताको विषयमा कुरा उठाएपछि प्रधानमन्त्रीले आफूलाई सङ्घीयताविरोधी सपनामा पनि नसोच्न आग्रह गरेको महतोले सञ्चारकर्मीलाई सुनाएका छन् ।

प्रधानमन्त्रीको जवाफ थियो, ‘मलाई सङ्घीयता विरोधी सपनामा पनि नसोच्दिनुहोला । सङ्घीयतालाई बलियो बनाउने हो । महाधिवेशनबाट गलत सन्देश गएको छ, त्यसलाई सुधार्नुपर्छ । त्यसैले सङ्घीयता विरोधी हाम्रो पार्टी पनि होइन, म स्वयं त सङ्घीयता विरोधी हुने कुरै भएन।’

उनले आफू सङ्घीयतालाई बलियो बनाउने पक्षमा रहेको जवाफ दिएको बताए। प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उनले भने, ‘सङ्घीयतालाई बलियो बनाउनको लागि कहाँ कहाँ कमी हो त्यो गरिन्छ। प्राप्त अधिकार पनि प्रदेशहरूले प्रयोग गर्नुपर्छ। म मेयर हुँदा सबै अधिकार प्रयोग गरेको गरेकै हुँ ।’

तपाइको प्रतिक्रिया
(Visited 87 times, 1 visits today)

epaper

ताजा समाचार

आज देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना