म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घारा हाइड्रोपावरमा माथिबाट पहिरो खस्दा एक जना बेपत्ता भएका छन् भने अर्का एक जना घाइते भएका छन्।
मंगलबार बिहान करिब ५:१० बजे हाइड्रोपावर क्षेत्रमा माथिबाट ढुंगासहितको पहिरो खसेको थियो। पहिरोमा पुरिएर ड्युटीमा रहेका स्थानीय ५५ वर्षीय दिपक बरुवाल बेपत्ता भएको म्याग्दी प्रहरीले जनाएको छ।
काममा जाने क्रममा पहिरोसँगै खसेको ढुंगाले लागेर कैलालीको गौरीगंगा नगरपालिका–५ का ३१ वर्षीय सुरेन्द्र विक घाइते भएका छन्।
उनको दाहिने हात र दुवै खुट्टामा चोट लागेको र हाल बेनीस्थित प्रदेश अस्पतालमा उपचार भइरहेको छ। घटनालगत्तै भुरुङतातोपानीबाट प्रहरी नायब निरीक्षक मोहन गुरुङको कमाण्डमा खटिएको टोलीले स्थानीयको सहयोगमा बेपत्ता बरुवालको खोजी कार्य जारी राखेको छ।
तपाइको प्रतिक्रिया
(Visited 27 times, 1 visits today)
सम्बन्धित समाचार
कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त
संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै
ब्रड पिकमा भेटियो तीनवटा ट्र्याकिङ उपकरण
ब्रोड पिक हिमाल आरोहणमा गएका पुर्जासहित सबै १० जना आरोहीको निधन
देशभर ९६ प्रतिशतभन्दा बढी धान रोपाइँ सम्पन्न
प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित ४ जना पक्राउ






