सुनसरी । आर्थिक वर्ष २०८२/८३ मा कोशी प्रदेशमा नियम पालना नगर्ने ९५ हजार ७७ सवारीसाधन ट्राफिक कारबाहीमा परेका छन् ।
कारबाहीमा परेकाबाट कूल नौ करोड ४१ लाख ७२ हजार ८२४ राजस्व जम्मा भएको छ । झापाबाट दुई करोड ३९ लाख ९६ हजार ५३८ मोरङबाट एक करोड ८५ लाख ८६ हजार ५७, सुनसरीबाट रु एक करोड २६ लाख १९ हजार, उदयपुरबाट रु ६२ लाख ७५ हजार र इलामबाट रु ४८ लाख छ हजार तीन जम्मा भएको हो ।
त्यसैगरी, धनकुटाबाट ६३ लाख आठ हजार एक, ओखलढुङ्गाबाट ३७ लाख २८ हजार २०३, पाँचथरबाट ३१ लाख ४९ हजार, खोटाङबाट रु २२ लाख ४८ हजार, भोजपुरबाट १५ लाख ५००, तेह्रथुमबा १३ लाख ५७ हजार, सोलुखुम्बुबाट १४ लाख ७५ हजार, सङ्खुवासभाबाट १० लाख ४३ हजार र ताप्लेजुङबाट आठ लाख सात हजार ५०० राजस्व संकलन भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
सम्बन्धित समाचार
चार महिनामा विपद्का तीन हजार ९५१ घटना, १९३ जनाको मृत्यु
नहरमा डुबेर १० वर्षीय बालकको मृत्यु
‘घुम्ने संस्कृतिले आन्तरिक पर्यटनमा टेवा’
सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना
देवदारको रुख ढलेपछि …
नीति, कार्यक्रम तथा बजेटका विषय समेटिएको पुस्तिका सार्वजनिक
जुटखेती घट्दै जाँदा पूर्वीनाकाबाट झन्डै पाँच अर्बको कच्चा जुट आयात






