ग्लोबल आइएमई बैंकको नाइमा अफर

काठमाडौं । ग्लोबल आइएमई बैंकले नाइमा अटो एक्सपोको अवसरमा अटो लोन योजना सार्वजनिक गरेको छ । नाइमा अटो एक्सपोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको आधारदरमा न्यूनतम ०.५ प्रतिशत प्रिमियम थप गरी अटो लोन लिन सक्नेछन् ।

बैंकका अनुसार, हालको आधारदरमा न्यूनतम ५.२५ प्रतिशत ब्याजदर मा अटो लोन उपलब्ध हुनेछ । साथै, नाइमा अटो एक्सपोमा नयाँ इभी गाडी खरिद गर्ने ग्राहकका लागि ३ वर्षसम्म ५.९९ प्रतिशत स्थिर ब्याजदर को विशेष योजना पनि ल्याइएको छ।

३ वर्षपछि भने उक्त कर्जाको ब्याजदर बैंकको आधारदरमा अधिकतम २ प्रतिशत प्रिमियम थप गरी कायम हुने बैंकले जनाएको छ । बैंकका अनुसार कर्जाका लागि बैंकसम्म पुगिरहनु पर्दैन । इमा अटो एक्सपोमै रहेको ग्लोबल आइएमई बैंकको स्टलबाटै कर्जाको आवेदन दिन सकिनेछ।

नयाँ गाडी वा इभी खरिद गर्न नाइमा अटो एक्सपोमा रहेको ग्लोबल आइएमई बैंकको स्टल (एस१) मा पुगि सहज तथा छिटो अटो लोनको सुविधा लिन बैंकले अनुरोध गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 16 times, 1 visits today)

epaper

ताजा समाचार

यी हुन् ‘मिस युनिभर्स नेपाल २०२६’ का चौध फाइनलिस्ट